साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सानको कुरो

“रित्तिने त खल्ती मात्रै त हो नि तर भरिने कुरा हेर न । सबै घरको शौचालयमा मेरो अवशेष पसेको छ नि । यो महत्त्वपूर्ण कुरो हो ।” मेरो कार्यालय आइपुग्यो । सबैभन्दा पहिले ऊ शौचालयमै पुग्यो र भित्रबाट आफूलाई थुन्यो ।

Nepal Telecom ad

सञ्जय साह मित्र :

“के भनेको त्यस्तो ? घर देख्नै नहुने, सबैमा सुतेको छु, मुतेको छु भन्छौ त ?” रिसै उठेर मैले सोधें ।

“एकदमै भएको कुरो भनेको छु । मैले कुनै घर नै छुटाएको छैन । भएको कुरो भन्न केको अप्ठेरो ?” शंकारहित तर नरम बोलीमा उसले कुरो राख्यो ।

सँगै हिँड्दा बोल्नु वा सुन्नु बाध्यता पनि हुन्छ । उसको कुरोमा अलिकति पनि रुचि थिएन तर आज दिनभर उहीसित बिताउनु थियो । उसैले मेरो काम गराइदिने मेसो मिलाएको थियो ।
मैले अह्राएँ – सप्रसङ्ग व्याख्या गर ।
बेलिबिस्तार लाउन थाल्दा मैले रोक्दै भने – समय कम छ, सारांशमा भन ।

अनि ध्यान एकातिर र कान उसैको बोलीतिर दिँदै बानेश्वरको सडकमा पाइला छाप्दै अगाडि बढ्यौँ । “केही दशक पहिले यहाँ आन्दोलनमा महिनौँ बसेको अनि पिसापले च्याप्दा च्यापेको अभिनय गर्दै घरघरै पसेको हो । जस्ले पस्न दिएन उसको ढोकैमा सुसु गरेको हो । तिमीलाई थाहा छँदैछ, म सुगरको रोगी हुँ । आधा घन्टाभन्दा बढी पिसापलाई सखाप पार्नुपर्छ ।”

नपत्याए नि सुख छैन र पत्याए नि दुःख छैन । हिँड्दाहिँड्दै एउटा पसलमा छिरेर पिसाप गर्ने हिसाप मिलान गर्यो र फेरि फुत्त झरेर भन्यो । “सुन्धाराको हरेक लजको धारामा आफ्नै पारामा एक एक गरी सारामा बसेको छु । जहाँ बसे नि पैसै तिर्नुपर्ने हो भने सबै लजको लाज र मान राख्नु परेन ? अनि आफ्नो सान बढ्छ ।” ट्वाँ परेर ऊतिर हेर्दा ठेस लागेर होस खुल्यो ।

“अन्तिम लजमा सुतेको दिन वार्तामा सहमति जुट्यो ।” अनि उसले अर्को कुरो पनि थप्यो “यी सबै होटलले मेरो जुठो भाँडो माझेको छ ।”

“पत्याएँ तेरो कुरो ।” मैले भनें अनि सोधें, “कति रित्याइस् नि ।”

“रित्तिने त खल्ती मात्रै त हो नि तर भरिने कुरा हेर न । सबै घरको शौचालयमा मेरो अवशेष पसेको छ नि । यो महत्त्वपूर्ण कुरो हो ।”

मेरो कार्यालय आइपुग्यो । सबैभन्दा पहिले ऊ शौचालयमै पुग्यो र भित्रबाट आफूलाई थुन्यो ।

०००
राैतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पागलको पनि पापी पेट हुन्छ

पागलको पनि पापी पेट...

सञ्जय साह मित्र
परिधानको भद्र आन्दोलन

परिधानको भद्र आन्दोलन

सञ्जय साह मित्र
दुइमुखे म

दुइमुखे म

सञ्जय साह मित्र
हात्ती पाटी

हात्ती पाटी

सञ्जय साह मित्र
नागरिकता

नागरिकता

सञ्जय साह मित्र
जाम

जाम

नन्दलाल आचार्य
नत्र त म…

नत्र त म…

दामाेदर न्याैपाने
म गर्छु धर्म

म गर्छु धर्म

सुरेशकुमार पाण्डे
सँधियारको के भर छ र ?

सँधियारको के भर छ...

ठाकुरप्रसाद अधिकारी
0
Would love your thoughts, please comment.x
()
x