साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विषवृक्ष

सिङ्गै देश लिलाममा छ अहिले बन्दी छ स्वाधीनता मालामाल दलाल तस्कर भए सत्ता उनैको चल्यो रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

Nepal Telecom ad

रूद्र ज्ञवाली :

ताली ठोक्न भन्यौ र अर्थ नबुझी ताली बृहत् ठोकियो
झण्डा बोक्न भन्यौ र प्रश्न नगरी झण्डा सयौं बोकियो
आगो झोस्न भन्यौ बिचार नगरी झोस्यौं भएको जल्यो
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

मुट्ठी कस्न भन्यौ कसेर बलियो मुट्ठी कतै ताकियो
बिष्टा छ्याप्न भन्यौ अकारण हिलो बिष्टा कतै छ्यापियो
खाल्टो खन्न भन्यौ खन्यौँ सुरुङ नै बेअर्थ बेकामको
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

खेती लुट्न भन्यौ शिरोपर गरी खेती लुटी खाइयो
कालो पोत्न भन्यौ बिनाकसुरमा कालो कतै लाइयो
खुट्टा भाँच्न भन्यौ कुटेर घनले खुट्टा सयौं भाँचियो
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

दिन्छौं मुक्ति भन्यौ सुन्यौं गजबका चिल्ला मिठा भाषण
खाली पेट थिए परन्तु डरले सित्तैं भर्याैं रासन
फाल्नै पर्छ भन्यौ पुरातन कुरा के फालियो फालियो
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

भोका छन् अझ भोकमा र तिनको नाङ्गो छ काया अझै
भ्रष्टाचार उफानमा छ अहिले वर्षादको भेलभलै
पल्टायौँ लुटतन्त्र भन्न भनियो के पल्टियो पल्टियो ?
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

सत्ता चल्छ रिमोटबाट त्यसको कुञ्जी कता हो कता ?
सिङ्गै देश लिलाममा छ अहिले बन्दी छ स्वाधीनता
मालामाल दलाल तस्कर भए सत्ता उनैको चल्यो
रोप्यौँ अम्मृतको भनेर बिरुवा खै के फल्यो के फल्यो ?

०००
भैरहवा
सीमान्त स्वर (२०८०)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
भोक र भुमरी

भोक र भुमरी

शिवप्रसाद जैशी
भैंसीको दुखेसो

भैंसीको दुखेसो

हेमराज पन्त
अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक सञ्जाल

अंगुलिमाल‚ बुद्ध र उत्तर-आधुनिक...

राजेन्द्रप्रसाद अधिकारी
झिङ्गे दाउ

झिङ्गे दाउ

रामप्रसाद पन्थी
बुझौँ कुरा मित्रको

बुझौँ कुरा मित्रको

बालकृष्ण खनाल
0
Would love your thoughts, please comment.x
()
x