साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाङ्गो नाच

द्यौता नै पशुका विराजित भए नेपाल यो देशमा जन्माए पशु नै यहाँ दिनदिनै यो मानवी भेषमा फैलेको जति जे थियो विगतको पारे खरानी यश नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥

Nepal Telecom ad

रामशरण न्यौपाने :

नेतामा अब छैन लाज र घृणा सारा पचाईसके
पाकेको फलझैँ चिरेर रसिलो नेपाल खाईसके
नेपाली जन हो सही जलन यो तातो खरानी घस
नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥१

दासी जीवनमा फुरुङ्ग रहँदा बोल्दैन मान्छे रती
हेर्छन् मौन बसेर दर्शक बनी अन्यायमा जे जति
थाल्लोमा ऋणभार बोक जनता पासो गलामा कस
नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥२

जे गर्दा पनि हुन्छ यो मुलुकमा छोडे सबैले गति
गर्दै दोहन यो विशाल धरती जागा भए बापती
घोडाझैँ कति घिच्दछन् शठहरू दाना अहो हस्हस
नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥३

हत्यारा खल भ्रष्टका खत सबै ढाकेर माफी दिने
भोले शङ्कर नै भयौ अब तिमी कैलासमा चम्किने
कालो गोमन कण्ठमा भिर तिमी नेपाल सिङ्गो डस
नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥४

द्यौता नै पशुका विराजित भए नेपाल यो देशमा
जन्माए पशु नै यहाँ दिनदिनै यो मानवी भेषमा
फैलेको जति जे थियो विगतको पारे खरानी यश
नाङ्गो नाच गरेर उच्च पदमा सम्पन्न नेता बस॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाङ्गो नाच म हेर्छु

नाङ्गो नाच म हेर्छु

रामशरण न्याैपाने
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x