साइबर अपराध सम्बन्धी सचेतना सामग्री

काटौँ जरो नै सब

पैसामा जुन बिक्छ लाज घिनले छोडेर सारा दिन निन्दा गर्न भुलेर भ्रष्ट जनको सम्मान गर्छौ किन? फेर्नै पर्छ यहाँ समाज वीरले छर्दै नयाँ सौरभ भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥

Nepal Telecom ad

‍रामशरण न्यौपाने :

मान्छेबाट छुटेर टाढिन गयो हाँसो खुसीको पल
हाम्रो राष्ट्र विकासबाट छलियो साह्रै भयो दुर्बल
जागी सुन्दर चेतना सकलमा रोपौँ जगाऔँ अब
भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥१

अत्याचार हुँदैन लुक्नु सबले खोली उदाङ्गो गरौँ
निन्दाले सब भ्रष्टका उपरमा कालो सबैले धरौँ
जस्ले लौन गिराउँदैछ जगमा नेपालको गौरव
भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥२

भेटौं कर्तुत त्यो बिनेर सबको सन्तोष होला तब
खोजौँ स्रोत कामाइको र धनको जोखौँ सबै वैभव
सारा भ्रष्ट समातिए र थुनिए सन्तोष होला तब
भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥३

नाङ्गेझार गरेर राख तिनको खैचेर सारा बल
मान्छे भ्रष्ट समाजको र जनको हो धुन्धुकारी खल
वर्षौंसम्म सह्यौँ सहिन्न सहजै यो धृष्टता लौ अब
भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥४

पैसामा जुन बिक्छ लाज घिनले छोडेर सारा दिन
निन्दा गर्न भुलेर भ्रष्ट जनको सम्मान गर्छौ किन?
फेर्नै पर्छ यहाँ समाज वीरले छर्दै नयाँ सौरभ
भ्रष्टाचार ‍दबेर भित्र अडिने काटौँ जरो नै सब॥५

०००
भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
सबै पाका मान्छे

सबै पाका मान्छे

रामशरण न्याैपाने
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
कोशी नदीमा किन हाम फाले ?

कोशी नदीमा किन हाम...

आत्माराम न्यौपाने
विकासको फल हेर्ने भए

विकासको फल हेर्ने भए

राजकुमार लामिछाने
म अदक्ष अध्यक्ष

म अदक्ष अध्यक्ष

खगेन्द्र नेउपाने
नयाँ ड्राइभर आयो केही गर्ला कि ?

नयाँ ड्राइभर आयो केही...

रणबहादुर बुढाथोकी ‘भैया’
0
Would love your thoughts, please comment.x
()
x