साइबर अपराध सम्बन्धी सचेतना सामग्री

साहित्यकार हुन्छौ र महोदय ?

Nepal Telecom ad

अर्काको सिर्जना सारेर, साहित्यकार हुन्छौ र महोदय ?
अर्को सर्जकलाई मारेर, साहित्यकार हुन्छौ र महोदय ??

सिर्जना बन्दछ धेरै–थोरै, आफ्नो मौलिकता मिसाएर
जस्ताको तस्तै ऊतारेर, साहित्यकार हुन्छौ र महोदय ?

गल्ती गरिन्छ त दुनियाँले साह्रै, नमिठो वचन लगाउँछ
सत्यलाई नि नकारेर, साहित्यकार हुन्छौ र महोदय ?

साहित्य सिर्जनामा अटुट साथको लेनदेन हुनु नै पर्छ
साथ दिनेलाई पछारेर, साहित्यकार हुन्छौ र महोदय ?

सिर्जनाका लहरा तानिन्छ, समर्पित पवित्र भावनाले
केवल लात्ती बजारेर, साहित्यकार हुन्छौ र महोदय ?

खोज्नु पर्छ सोध्नु पर्छ, भरिन्छ तब ज्ञानको भण्डार
थाहा छैन भनी टारेर, साहित्यकार हुन्छौ र महोदय ?

बसेरी ५ , धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x