साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाना

Nepal Telecom ad

भालेहरू बाँझो खेतमा रातो सिउर दाउन थाले
झिँगाहरू डल्लामाथि बसी गीत गाउन थाले
कमिलाले बाउसे गरी जताततै मल फाले
मुसाहरू लजाउँदै चारो फाल्ने ढल हाले ।

बिउ रोपे बाख्राहरूले बाँदरले खने आली
सुगा खेतमै बस्यो अनसन बजाउँदै ताली
धमिराले चपाएरै लडाइदिए फूलको डाली
सहमति भो मच्छरलाई बनाउने माली ।

जुकाहरू पानीमाथि हेलिकप्टर चलाउँथे
फटेङ्ग्राले झुक्याएर गोलीगट्ठा ढलाउँथे
बाली बढ्न थालेपछि गुलेलीले लडाउँथे
भोका बाघ खेतमा आउँदा रेडलेबल चडाउँथे ।

मौरीहरूले तोरी छरे गौंथलीले डोको भरे
चिल उडे आकासमा भुइँमा चल्ला मरे
मलामीको ताँती लाग्यो आकासको कालो बादल
कामको मेसो पाउन छोडी मान्छे भयो पागल !

झापा, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x