साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासुदेव त्रिपाठीसम्बन्धी ग्रन्थ लोकार्पण

Nepal Telecom ad

काठमाडौँ, १३ चैत । नेपाली साहित्यका मूर्धन्य साधक प्रा. डा. वासुदेव त्रिपाठीको विविध आयाम समेटिएको ‘डा वासुदेव त्रिपाठी स्रष्टा एकः द्रष्टा अनेक’ नामक ग्रन्थ बिहिबार राष्ट्रपति डा. रामवरण यादवले सार्वजनिक गरेका छन् । प्राध्यापक राजेन्द्र सुवेदी र रमेश शुभेच्छुले सम्पादन गरेको ‘डा वासुदेव त्रिपाठी स्रष्टा एकः द्रष्टा अनेक’ नामक ग्रन्थको विमोचन राष्ट्रपति भवन सितल निवासमा भयो ।

प्राध्यापक डाक्टर वासुदेव त्रिपाठी ग्रन्थ प्रकाशन समितिले प्रकाशनमा ल्याएको उक्त ग्रन्थमा आधुनिक नेपाली कविता सिर्जना र नेपाली समालोचनाका शिखर व्यक्तित्व प्रा. डा. त्रिपाठीको जीवनी, व्यक्तित्व र कृतित्वका विभिन्न आयामको व्यापक परिवृत्तमा रहेका समग्र विशेषताका पक्षहरुलाई समेटिएको छ ।

कविता, जीवनवृत्त, संस्मरण, साहित्य यात्रा र प्रवृत्तिमूल समीक्षा, भाषा चिन्तन र विविध समाचोलना गरी छ खण्ड रहेको ग्रन्थमा सम्बन्धित विषयका ४० भन्दा बढि चर्चित लेखक एवम् विज्ञहरुले डा. त्रिपाठीका विविध आयामको प्रकाश परिएका लेखहरु समावेश छन् ।

वि.स. १९९९ चैत १३ गते तनहुको भन्सारमा जन्मिएका डा त्रिपाठीले वि.स. २०३१ सालमा नेपाली विषयमा पहिलो विद्यावारिधी गरेका हुन । उनले त्रिभुवन विश्वविद्यालयको डीन, नेपाल प्रज्ञा प्रतिष्ठानको उपकुलपति लगायतको विशिष्ट पदको जिम्मेवारी सम्हालिसकेका छन् । वि.स. २०१८ सालमा सार्वजनिक साहित्य जीवन सुरु गरेका त्रिपाठीले करिव एक हजार फुटकर कविता, सयौंको सङ्ख्यामा काब्य, खण्डकाब्य, प्रकाशन भइसकेका छन् । डा त्रिपाठीको एक दर्जन बढि महाकाब्य प्रकाशनको तयारीमा रहेका छन् ।

ग्रन्थको आज राष्ट्रपति भवन शीतल निवासमा आयोजित एक समारोहकाबीच राष्ट्रपति डा यादवले सार्वजनिक गरे ।

सो अवसरमा राष्ट्रपति डा यादवले सार्वभौम राष्ट्र नेपाल साहित्य, संस्कृति र कलाको क्षेत्रमा धनी रहेको र यसको प्रवद्र्धनमा विद्धान श्रष्टाहरुको महत्वपूर्ण भूमिकाको प्रसंशा गरे ।

राष्ट्रपतिले भने  ‘विद्धानहरुले नेपाली साहित्यमा आधा सताब्दी भन्दा बढि योगदान गर्नुभा छ, यो अविस्मरणीय छ, साहित्य कला संस्कृतिको प्रवद्र्धनका लागि म आफू पनि लागि परेको छु, फलस्वरुप यो सभाहलमा यस्तै गहन साहित्यका कृतिहरु विमोचन हुने गरेका छन् र आफूले पनि घण्टौ समय बसेर चासो दिएको छु,’।

राष्ट्रपति डा यादवले लेखक विद्धानहरुले जीवनलाई स्वस्थ्य बनाएर राष्ट्रलाई योगदान गर्न सकुन भी कामना समेत गरे ।

राष्ट्रकवि माधवप्रसाद घिमिरेले समारोहलाई राष्ट्रको उच्च ठाउँबाट एक व्यक्तिको सिर्जना राष्ट्रपतिबाट सार्वजनिक हुनु नेपाली साहित्य, संस्कृति र कलाको ऐतिहासिक तीर्थस्थलको उपमा दिए ।
उनले नेपाल राष्ट्र कला, संस्कृतिको खानी भएको उल्लेख गर्दै त्यस्ता सम्पत्तिको सम्मान गर्दै जानु आम नेपालीको कर्तब्य भएको पनि बताए ।

प्रा डा वासुदेव त्रिपाठीले आफूले नेपाली साहित्य र सृर्जनाको क्षेत्रमा आधा सताब्दीभन्दा बढि योगदान पुर्याएको भन्दै जीवनको सार्थकता लिनु भन्दा दिनुमा भएकाले आफूले महाकाब्यको अन्तिम चरणमा जुटेको जानकारी दिए ।

उनले देशको वहुमूल्य भाषा संस्कृतिको संवद्र्धनमा राष्ट्रपति डा यादवले गरेको योगदानको चर्चा समेत गरे ।
ग्रन्थको समीक्षा गर्दै प्रा डा केशवप्रसाद उपाध्याय र प्रा ठाकुर पराजुलीले नेपाली बाङ्मय, परम्परा र विशेषगरी कावय निर्माणमा योगदान पुर्याएका डा त्रिपाठीको विविध आयाम समेटिएको ग्रन्थ बौद्धिक उपहार र प्राज्ञाकि सम्मान भएको चर्चा गरे ।

प्राध्यापक ठाकुर पराजुलीले प्रस्तुत ग्रन्थले पहिलो पटक एउटै थलोबाट समालोचक कवि र व्यक्ति त्रिपाठीको सवाङ्गीण अध्ययन गर्ने जमर्को गरेको उल्लेख गरे ।

प्रा डा सुधा त्रिपाठीले नेपाली साहित्यको प्रवद्र्धन विकासका लागि डा त्रिपाठीको योगदानलाई राष्ट्रले भुल्न नहुने बताइन । 

सोही अवसरमा प्रा डा वासुदेव त्रिपाठीलाई ग्रन्थ प्रकाशन समितिको तर्फबाट प्रसंशापत्र सहित अभिनन्दन गरिएको थियो । रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x