साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ककनी साहित्ययात्रा शनिबार हुने

Nepal Telecom ad

१३ चैत, काठमाडौँ । त्रिशूली वाङ्मय प्रतिष्ठानको आयोजनामा ‘ककनी साहित्य यात्रा’ कार्यक्रम शनिबार पर्यटकीयस्थल ककनी, नुवाकोटमा हुने भएको छ । कार्यक्रममा साहित्यकार, भाषाविद्, विद्वान्, प्राध्यापक, पत्रकार तथा प्रशासनिक क्षेत्रका १०० भन्दा बढी व्यक्तित्वको सहभागिता रहनेछ ।
कार्यक्रममा नुवाकोटेली साहित्यको विषयमा कार्यपत्र, ककनीलाई अझै पर्यटकीय क्षेत्रका रूपमा विकास गराउनका लागि प्रतिष्ठानको प्रतिबद्धतापत्र तथा ककनी साहित्य यात्रा घोषणापत्र समेत प्रस्तुत गरिने कार्यक्रम आयोजक समितिका सदस्य भैरवी ढुङ्गानाले जानकारी दिए ।
साहित्य यात्राका क्रममा नुवाकोटका ककनी-रानीपौवा क्षेत्रको भौगोलिक एवं पर्यटकीयस्थलको अवलोकन एवं सामाजिक, सांस्कृतिक जानकारी लिइने एवं काव्यवाचन गरिने प्रतिष्ठानका सदस्य तथा त्रिशूली त्रिवेणीका सम्पादक प्रेमराज सिलवालले जानकारी दिए ।
काठमाडौँबाट करिब २७ किलोमिटर पश्चिममा पर्ने ककनी ऐतिहासिक तथा पर्यटकीयस्थल हो जहाँबाट गणेश र लाङटाङ हिमालका साथै काठमाडौँ पनि देख्न सकिन्छ । ऐतिहासिक वसन्तीवाग यहीँ पर्छ । यहाँ रेन्बो ट्राउट माछा र भुइँकाफल उत्पादन हुन्छ । प्रतिष्ठानले यसअघि विसं २०६७ मा देवीघाट-नुवाकोट दरबार-वेत्रावती साहित्ययात्रा सम्पन्न गरेको थियो ।   रासस

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x