माधव पोखरेल गोज्याङ्ग्रेनेताजीसँग वार्तालाप
म :
नमस्ते नेता जी ! के छ त हालखबर ?
आउँदैनौ गाउँतिर बिर्स्र्यौे कि थोत्रो घर ?
नेताजी :
के हुनु र बाबु ! यस्तै हो राजनीति ।
ब्यस्त छु म पूरा गर्नै मनका रहर ।
म :
पाएछौ कुर्सी र सरकारी चिल्लो कार ।
र पो त बिर्सेछौ हिजोको जात र थर ।
नेताजी :
कसरी बिर्सनु फेरि नि जित्नु छ र ।
आउँछु नि पाँचसालमा सम्झेर ती भोटर ।
म :
जय होस् नेताजी तिम्रो चैँ जय होस् ।
नसुकोस् जनताको आँसुको त्यो नहर ।
नेताजी :
जय होस् नै भनि जिताए जनताले ।
पुग्याछु सत्तामा मलाई के छ र डर ?
म :
ठिकै छ नेताजी ! गर्दै जाऊ भ्रष्टाचार ।
पुग्नेछ एकदिन त कानुनको त्याँ नजर !
काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































