साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वासु शशी स्मृति पुरस्कार–२०७० प्रदान

Nepal Telecom ad

वासु शशी स्मृति परिषद्ले चैत्र १२ गते राजधानीमा आयोजना गरेको कार्यक्रममा कवि एवं गीतकार तीर्थ श्रेष्ठलाई नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति किरण मानन्धरले रु. १५ हजार नगदसहित ‘वासु शशी स्मृति पुरस्कार–२०७०’ प्रदान गर्नुभएको समाचार छ ।
सो अवसरमा कुलपति मानन्धरले यस वर्षको ‘वासु शशी स्मृति पुरस्कार–२०७०’ वरिष्ठ साहित्यकार शिव रेग्मीलाई प्रदान गर्नुभयो । सम्मान प्रदान गर्दै कुलपति मानन्धरले यस किसिमका सम्मानले स्रष्टाहरूलाई लेखन र सृजनाका लागि थप उत्साह मिल्ने बताउनुभयो । उहाँले स्रष्टालाई जीवन यापनमा सहज बनाउन राज्य गम्भीर हुनु पर्ने बताउनुभयो ।
कार्यक्रममा पुरस्कृत व्यक्तित्व कवि तीर्थ श्रेष्ठले वासु शशी आफूले अत्यन्त श्रद्धा गरेको कवि भएको कुरा प्रष्ट पार्दै पुरस्कारको रकम संस्थाको अक्षयकोष वृद्धिका लागि परिषदका अध्यक्षलाई नै हस्तान्तरण गर्नुभएको थियो ।
परिषदका सचिव प्रद्युम्न जोशीले साहित्यकारको योगदान र भूमिकालाई सम्मान गर्न बीस वर्ष अघि परिषदको स्थापना भएको बताउनुभयो ।
परिषद्का अध्यक्ष कृष्ण जोशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा कवि विश्वविमोहन श्रेष्ठ, कवि मणि लोहनीले वासु शशीको योगदान र भूमिकाका विषयमा बोल्नु भएको थियो ।
–प्रद्युम्न जोशीे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x