साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हे ज्यामराज !

Nepal Telecom ad

हे ज्यामराज,
तँलाई मेरो विन्ती छ
आइज हेर्न तेरो लोकमा
यहाँ के के भैसक्यो
रोक्न पर्दैन
कि तेरो वहाली गैसक्यो?
अवकास भैसक्यो?
हे ज्यामराज !

हे ज्यामराज,
साँच्चै तँनर्कराजहोस् भने
निर्धाको फोक्सो मिच्ने र
बढाको घाँटी थिच्ने गरेर मात्रनबस
यी झण्डामा वण्डा लगाउनखोज्ने
मुसमुण्डाहरूलाई डण्डाको मारले
ठण्डा गराइदे ।
लप्सीभन्दा छोटा सोचेहरूले
रक्सीको जोसमा,
बोक्सीको आरोप लगाएर
पनिउतताउने हरूलाई
तेरो तातो तेलको पिडा बताइदे
हे ज्यामराज ।

हे ज्यामराज,
गर्भमै बच्चाको हंश छिन्ने
यी सच्चा राक्षसहरूलाई
यहाँ सास फेर्नबन्चित गराइदे
नारित्वमा गिद्धे नजर राख्ने
जगल्टेहरूलाई नजर फुटानको
स्वादचखाइदे ।
भुराको पेटमा छुरा रोप्ने छुरेहरूलाई
सबको अगाडी झुरा बनाइदे
हे ज्यामराज ।

हे ज्यामराज,
यो सब गर्न सकिस भने मात्र
तेरो ज्यामराजित्व सार्थक होला
नत्र,
धिक्कार छ तँलाई,
ज्यामराजहुनुमा ।
कि तेरो चित्रगुप्ताले पनि घुस खाइसके ?
कितिनले लेख्न छाडीसके र
तैँले देख्न छाडीसकिस् ?
यदीत्यसो हो भने,
तँ पनि यही सुचिको पापी होस्
तँलाई पनि मर्नु परोस्
तँलाई पनि तेरो ज्यामराजले,
वैतर्णीमा डुबाओस्
पेटमा भाला छिराओस्
तातो तेलमा फुराओस्
तेरो एक एक पापको ज्ञात गराओस्
हे ज्यामराज !!

कपन, काठमाडौंं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उत्खनन

उत्खनन

सरूभक्त
नागरिक एक्सप्रेस !

नागरिक एक्सप्रेस !

गायत्री परिरोशनी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x