साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अप्रिल फुलमा तुक्यौलीको वर्षा

Nepal Telecom ad

इस्वी संवतको अप्रिल एक तारिक अप्रिल फुल । चैतको १८ गते मानिसलाई मूर्ख या हुस्सु बनाउने दिन । कसैलाई गलत जानकारी दिएर ऊ झुक्किएको देखी हाँसो र रमाइलो गर्ने दिनका रूपमा प्रख्यात रहेको अप्रिल फूलको दिन रुसका प्रख्यात लेखक निकोलाई गोगोलको जन्म दिन पनि हो ।
बिगत निकै वर्षदेखि काठमाडौंमा रहेका रुसी सांस्कृतिक केन्द्र र सिस्नुपानी नेपालको संयुक्त आयोजनामा निकोलाई गोगोललाई संझिँदै हास्यव्यङ्ग्य कार्यक्रम सम्पन्न गरिँदै आएको छ । यस पटक गत चैत १८ गते रुसी सांस्कृतिक केन्द्रको सभाकक्षमा तुक्यौली नाम दिएर सिस्नुुपानी नेपालले एउटा कार्यक्रम प्रस्तुत ग¥यो ।
विभिन्न विशिष्ट व्यक्तित्वहरूको प्रत्यक्ष संलग्नतामा प्रस्तुत गरिएका ठट्टा–ठट्यौली, अर्थात जोक सुनेर झण्डै पौने तीन घण्टा रुसी सांस्कृतिक केन्द्रको खचाखच सभाकक्ष निरन्तर हाँसैको हाँस्यै रह्यो । सम्भवतः नेपालको रङ्गमञ्चीय इतिहासमै यो पहिलो घटना हो ।
रुसी सांस्कृतिक केन्द्र परिसरमा सिस्नुपानी नेपालले प्रस्तुत गरेको तुक्यौली कार्यक्रममा ठट्यौलीहरूको वर्षा नै गरिएको थियो । हास्यव्यङ्ग्य कलाकार मनोज गजुरेलले सञ्चालन गरेको कार्यक्रममा ठट्यौली प्रस्तुत गर्ने महानुभावहरू हुनुहुन्थ्यो प्राध्यापक विनोद मञ्जन, डा. अभि सुवेदी, ज्ञानुवाकर पौडेल, दीपेन्द्र खनिया, भुषण गौतम, शिक्षाविद मनप्रसाद वाग्ले, अमेरिकी हास्य स्रष्टा रोनी, गायिका कोमल वली, धर्म पोखरेल, सरोज घिमिरे, राजन काफ्ले, चक्रमान दवाडी, राजा राजेन्द्र पोखरेल, कृष्ण धरावासी, प्राध्यापक मोहनराज शर्मा, टङ्क आचार्य र डा. माधव पोखरेल ।
कार्यक्रमको आरम्भमा सांस्कृतिक केन्द्रका सुदीप ढकालले स्वागत मन्तव्य प्रस्तुत गर्दै हाँस्न हँसाउन आग्रह गर्नुभएको थियो । प्रा. जङ्गव चौहानले चाहिँ विख्यात रुसी लेखक निकोलाई गोगोलको परिचयमा आधारित भएर प्रकाश पार्नु भएको थियो ।

–सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x