साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खोपडीको घनत्व

Nepal Telecom ad

शरीरको माथिल्लो भाग टुप्पीको फेदैमुनि उच्च तथा अघच्च रूपमा खोपडीको बास हुन्छ र यहीं मान्छेको सास, त्रास र मिजासजस्ता गन्यमान्य तत्वहरू हुन्छन् । यसै गन्यमान्य वा अमान्य कुराका आधारमा नै खोपडीको घनत्व पत्ता लाग्छ ।
खोपडीको घनत्वको ओजस्विताका आधारमा मानवको अस्मिताको अनुसन्धान गरिन्छ र यही अस्मिताको आधारमा नै कोही तल कोही माथि परिन्छ ।
विज्ञान प्रविधि होस् वा अज्ञान प्रविधि, कृत्रिम होस् या प्राकृतिक, हिँडून् वा उडून्, घस्रिऊन, उफ्रिऊन् वा पौडिऊन् तुच्छ प्राणीदेखि उच्च प्राणीसम्मलाई खोपडीले नियन्त्रण गरेको हुन्छ । यसै खोपडीलाई ठाउँमा प्रयोग गरेर आफूले चाहेअनुसारको दाम, नाम र बद्नाम कमाइन्छ र रमाइन्छ, तर कसैलाई नामले फाप्छ त कसैलाई दामले र कसैलाई बदनामले उच्चासनमा आसीन गराउँछ ।
प्राणी जन्मदा जेजस्तो खोपडी भिरेर आयो त्यो त्यसैबाट परिचालित हुनुपर्छ । कर्मक्षेत्रमा उत्रिसकेपछि आफ्नो खोपडीसँग चित्त बुझेन भन्दैमा स्वास्नी फेरेझैं खोपडी फेर्न मिल्दैन । यो ज्यादै अक्करमा रहेको हुन्छ र यसमा ठक्कर लागेमा मर्न, मनपरि गर्न या बौलाउन पनि सकिन्छ । खोपडी सड्यो, थोत्रियो, काम नलाग्ने भयो भन्दैमा भालेको खोपडी पोथीमा र पोथीको खोपडी भालेमा जोड्न मिल्दैन । न त चारखुट्टे पशुको खोपडी दुई खुट्टे पशुमा जोड्न मिल्छ । अरु त के कुरा एमालेको खोपडी कांग्रेसलाई जोड्न मिल्दैन । राप्रपाको खोपडी जनभावना पार्टीमा जोड्न मिल्दैन । जबरजस्ती खोपडी साटासाट गरियो भने काटाकाट हुन बेर लाग्ने छैन । यसमा शङ्का गर्नु पर्दैन । काँग्रेसको खोपडी एमालेमा थोपरियो भने एमालेको काँग्रेसको झैं छातीमा मुड्की बजारेर शासन गर्नुपर्ने हुन्छ । एमालेको खोपडी राप्रपामा जोड्नासाथ जनभावनाले एमालेको शैली शिरोपर गर्नुपर्ने हुन्छ । त्यस्तै अन्य पार्टीको खोपडीलाई काँग्रेसमा शरण दिनासाथ मरणको दशाले क¥याप्ने छ । अन्ततः आफ्ना पार्टीको नेताले आफ्नै कार्यकर्तालाई सराप्नेछ । यसरी खोपडी साटेर, चुल्ठो बाटेर शासन गरेपछि विपरीत पार्टीको सिद्धान्तको पुच्छर समातेर पनि कही“ शासन हुन्छ र ? राष्ट्रिय मानवले खोपडी फेराफेर गर्छौं भने अन्य निरीह जनताले लाटाले केरा हेरेझै हेराहेर नगरे के गरून् ?
खोपडीको खेल विभिन्न बान्कीका हुन्छन् । आ–आफ्नो खान्कीअनुसार खोपडीमा बान्की चढाउँदा एकतामा अनेकताजस्ता भिन्नताहरू देखापर्छन् । मानव मावनको एकतामा मानवकै खोपडीको भिन्नताले यो विश्व विभाजित छ । इराकमा सद्दाम हुसेन र भूटानका नरेश एकरति हरेश नखाई तुच्छ शासनको आसनमा अडिग थिए । त्यस्तै अन्य मुलुकका नेताले आफ्नो खोपडीलाई वातानुकूलितको प्रमाणचिन्ह लिन पाखुरा खै“चाखै“ची गरिरहेका छन् । हुन त ‘आफ्नो हात जगन्नाथ’ । स्वदेशको खान्की आफ्नो शासनको बान्की कसलाई पो नरुच्ला र ? नेपाल राष्ट्र पनि शासनको वातानुकूलितको प्रमाण चिन्ह लिन भूटानी शरणार्थीलाई भूटान फर्काउन निकै आतुर छ ।
विश्वको पल्लो भागमा घटेको घटना मुलुको यो वल्लो भागमा ज्यू“का त्यू“ देख्न पाउनु, कुनै अनौठो कुरा भएन र यसको श्रेय पनि त्यही खल्वाट खोपडीलाई जान्छ । विदेशबाट ओइरिएको वस्त्र स्वदेशका नागरिकले पैरिन पाउनु, आफ्नो खोपडी भुत्ते भएको बाहनामा पराईको खोपडीमा रजगज गर्न पुग्नु, एक ठाउँको सुकुम्बासी अर्को जग्गामा बसाई सर्नु परदेशका नागरिक यस देशमा आएर मर्नु, यस देशका नागरिक चाहिँ विदेश गएर मर्नु । आदि खोपडीको घनत्वको व्यापकताको परिणाम हो । तर स्वदेशमा खोपडीको मूल्य नभएपछि सोझा जनता मरेतुल्य हुन्छन् र रोजगारी पाऊ“ भनेर रुन्छन्, तर खोपडीमात्र उत्पादन हुन्छ । रोजगारीको उत्पादन पनि भए पो रजौटालाई रमाइलो हुन्थ्यो ।
मगजको क्रीडास्थल यस मातृभूमिमा कतै मेल कतै बेमेल, कतै जाल, कतै झेल, कतै पेल, कतै नापेल, कतै पैदल, कतै रेल, कतै घ्यू, कतै तेल, कतै ठेल, कतै नठेल, अप्ठ्यारामा ठेल सप्ठ्यारोमा नठेल, वास्तवमा यही हो खोपडीको खेल । जनघनत्वलाई किनारा लगाएर खोपडीको घनत्वले बजार खोगटेको प्रत्येक प्रजातान्त्रिक खोपडीको मालिकलाई थाहा भएकै कुरा हो । खोपडीको नाकाले सही मार्ग अँगाल्न नसक्नाले कतिले अनाहकमा गर्व गर्नै नमिल्ने गरी गर्भ बोक्छन् । यस्ता गर्भको आन्तरिक मामिलामा हस्तक्षेप नगर्ने हो भने सबल, सग्लो, होचो होस् या अग्लो, प्रबुद्ध खोपडीको घनत्व लिएर मानव, दानव पैदा हुन्छ र खोपडीलाई गाँस, बास र कपासलगायत मगजलाई उचित ठाउँमा लगानी गरिपाऊँ भन्ने माग राख्दै आमरण कुक्काई कुक्काई रोइरहन्छ ।
फूलबारी, पोखरा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
लहै लहैलहैमा लागौँ

लहै लहैलहैमा लागौँ

शेषराज भट्टराई
छुचो हुँदै छु

छुचो हुँदै छु

शेषराज भट्टराई
गया गए पाप पखाल्न

गया गए पाप पखाल्न

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
मत दुई हजार बयासी

मत दुई हजार बयासी

शेषराज भट्टराई
भकुरभाकुर

भकुरभाकुर

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x