साइबर अपराध सम्बन्धी सचेतना सामग्री

वादहरूको पहरो चढदै

Nepal Telecom ad

हाँडीगाउँमा मात्र लाग्ने जात्रा जस्तै
वादैवादको थुपरीमा थपिएको छ एउटा नौलो अर्को वाद
डन र धनमा मात्र आँखा लाग्ने
न्यायालयको मृत्यदण्ड त झन आँखा अगाडिनै पाखा लाग्ने
होचोकै मुखमा मात्र घोचो थुप्रिनु पर्ने
अबलाले चाहिँ अब गाजल होइन, मोसोमा कुप्रिनु पर्ने
त्यहि मोसो दलिँदै दलिँदै
आज नेपाली आकास भरि कालो बादल छाएको छ ।

खण्डबृष्टि ल्याउने आँधीबेहेरिनै चलेपछि
सिद्धेश्वरमा परेको चट्याङको मात्र के कुरा
आँधीबेहेरीले ल्याएको गिर्जाघरको दुर्गन्धित भेलले
स्वयम्भुको आँखा समेत रसाउने गरी
अरु सबै वादलाई उछिनेर
आफूखुसी जस्ले जे जे गरे पनि हुने
अहिले त यहाँ पाखण्डवाद आएको छ ।

सुन्दै छु म,
यो पाखण्डवादको पहरामा थुप्रै लहराहरू जेलिएका छन्
तिनै लहराका जराले पहरो पनि ठेलिएका छन्
पहरोको ठेलाइमा कति हो कति
श्रमजीवी कमिलाहरू पनि पेलिएका छन्,
तर तिनै लहरा समात्नेहरू भने
आज पाखण्डवादको चुलीमा हेलिएका छन् ।

सधै झैं आज पनि त्यो लहरो अर्कै कोहीबाट तानिएको छ
लहरोको जरो त झन झन गहराइतिर हानिएको छ
थाहा छैन,
लहरो तानेपछि झरेको पहरोको पहिरोले
कतिलाई बज्रपात पर्ने हो
कतिलाइ बगाउने हो अनि
कतिको टाउकोमै बज्रेर गिदी समेत झर्ने हो
किन भने यहाँ त पाखण्डवादमा रमाउने जमातले मात्रै
चैत्य र मस्जिदमा पनि श्राद्ध गराउँदै बैतरणी तर्ने हो ।

त्यसैले,
आजको खण्डबृष्टिबाट चुहेको छानो टाल्ने बहानामा
एउटा एउटा गर्दै गाउँघरको छानो समेत
अहिले खण्डवादको खरले छाएको छ ।

सिद्धेश्वरमा परेको चट्याङको मात्र के कुरा
आँधीबेहेरीले ल्याएको गिर्जाघरको दुर्गन्धित भेलले
स्वयम्भुको आँखा समेत रसाउने गरी
अरु सबै वादलाई उछिनेर
आफूखुसी जस्ले जे जे गरे पनि हुने
अहिले त यहां पाखण्डवाद आएको छ ।

न्युयोर्क

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हवसमाण्डु

हवसमाण्डु

एमपी पाण्डे
मूला

मूला

दुर्गा रिमाल अधिकारी
मौनताको आँधि

मौनताको आँधि

सुभाषचन्द्र देवकाेटा
पीडा

पीडा

हेमराज पन्त
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
0
Would love your thoughts, please comment.x
()
x