साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खायो भने अघाइन्छ : मन्त्री

Nepal Telecom ad

देशमा सरकार परिवर्तन भएर नयाँ मन्त्रिपरिषद् बन्यो कि मेरा आँखा, कान र सम्पूर्ण ध्यान पत्रपत्रिका, रेडियो र टेलिभिजनतिर एकोहोरिन थालिहाल्छन् । नयाँ मन्त्रीहरूका नयाँ नयाँ विचार र अभिव्यक्तिहरू सुन्न र पढ्न म लालायित हुन्छु । नयाँ प्रधानमन्त्री–मन्त्रीहरूले यति धेरै ज्ञानवर्धक र उपयोगी विचारहरू प्रस्तुत गर्छन्, सुनेर स्वर्गीय आनन्द प्राप्त हुन्छ । उनीहरूका भाषण सुन्न थालेपछि ठूल्ठूला सन्त, महात्मा, दार्शनिक, विश्वविख्यात राजनेताहरू वा साहित्यकारहरूका संसारलाई तरङ्गित पार्ने विचार र महान् वाणीहरू पनि खल्ला लाग्छन् । हाम्रा महापण्डित मन्त्रीहरूका महान् अभिव्यक्तिहरू सुनेर हामी स्तब्ध हुन्छौँ । यस्ता महान् विचार र ज्ञानहरू उनीहरूले कसरी कहाँबाट प्राप्त गरे होलान् ? त्यसका लागि कति गहिरो अध्ययन गरे होलान् ? कुन ओडारमा बसेर कति वर्ष तपस्या गरे होलान् ? आश्चर्य लाग्छ ।

भर्खरै हाम्रा प्रधानमन्त्री सुशील कोइरालाले उता बर्दिया, नेपालगन्जतिरको भ्रमणमा त्यस्तै दिव्य विचारहरू प्रस्तुत गरेको सुनियो । ‘सबै दलबीच सबै कुरामा सहमति भयो भने संविधान एक वर्षमै बन्छ ।’ लौ हेर्नूस्, कस्तो अद्वितीय अभिव्यक्ति ! यस्तो कुरा तपाईं–हामीलाई थाहा थियो त ? ‘देशलाई शान्ति चाहिएको छ । शान्ति नभई स्थायित्व हुँदैन । स्थायित्व नभई विकास हुँदैन ।’ यस्ता नयाँ नयाँ र अपूर्व विचारहरू उनले व्यक्त गरेका छन् ।

‘विकासको मेरुदण्ड यातायात हो, त्यसैले ठाउँठाउँमा सडक बनाउनुपर्छ’, यातायातमन्त्री विद्वता प्रकट गर्छन् । ‘खडेरी पर्यो भने कृषि उत्पादन घट्छ’ कृषिमन्त्री ठोकुवा गर्छन् । ‘भात खायो भने अघाइन्छ, नत्र भोकै परिन्छ’ बिनाविभागीय मन्त्री पनि कम विद्वान् देखिँदैनन् ! ‘सरकारी र निजी विद्यालयको शिक्षामा ठूलो खाडल छ, त्यो खाडल पुर्नुपर्छ’ शिक्षामन्त्री त यसै पनि विद्वान् हुने नै भए ।

‘सुत्यो भने शरीरलाई आराम हुन्छ । बिरामी भइयो भने तुरुन्त अस्पताल जानुपर्छ’ भनेर स्वास्थ्यमन्त्री वक्तव्य जारी गर्छन् । ऊर्जामन्त्रीको ऊर्जा धपकधपक बल्छ । भन्छन् ‘नेपालमा जलस्रोतको अपार भण्डार छ । त्यसको उपयोग गरेर हामीले अथाह उपलब्धि हासिल गर्न सक्छौँ । बिजुली निकालेर लोडसेडिङ समाप्त गर्ने मात्र होइन, बिजुली बेचेर देशलाई धनी बनाउन सक्छौँ ।’ ल हेर्नूस्, कस्तो नौलो विचारको आविष्कार !

गृहमन्त्रीको ज्ञान अझ बलवान् । उनी गुन्डा, चोर, डाँका, पाकेटमार र हत्यारालाई समातेर थुन्नुपर्छ भनेर प्रहरी अधिकारीहरूलाई सिकाउँछन् । यस्ता अति ज्ञानी, विद्वान्, दूरदर्शी विचारबाट ओतप्रोत प्रधानमन्त्री तथा मन्त्रीज्यूहरूको विद्वताबाट यो देशले तुरुन्त लाभ लिइहाल्नुपर्छ, मेरो सुझाव छ । त्यसको सुरुआत तल्लो तहबाट गर्नुपर्छ । ती विद्वान् महोदयहरूले व्यक्त गरेका विचारहरूमा आधारित रहेर तुरुन्तै विद्यार्थीहरूमाझ ‘खायो भने अघाइन्छ’, ‘सुत्यो भने निदाइन्छ’ अथवा ‘पानीबाट बिजुली निस्कन्छ’ आदि शीर्षकमा निबन्ध प्रतियोगिता गराउनुपर्छ ।

‘नेपाल’ अङ्क ५९०, चैत २०७०

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
जनै, जुत्ता, लँगौटी, कोट

जनै, जुत्ता, लँगौटी, कोट

लक्ष्मण गाम्नागे
बाबा र नेता उस्तैउस्तै

बाबा र नेता उस्तैउस्तै

लक्ष्मण गाम्नागे
अगस्ती आराधना

अगस्ती आराधना

लक्ष्मण गाम्नागे
आफ्नो देश आफैं बनाऊँ

आफ्नो देश आफैं बनाऊँ

लक्ष्मण गाम्नागे
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x