साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त छक्क पर्छु !

Nepal Telecom ad

सपना झैँ विपना, म त छक्क पर्छु
भै रहन्छ सम्झना, म त छक्क पर्छु !

लत्याएर थुक्छन्, फेरि त्यही मूर्तिमा
गर्छन् पूजा अर्चना, म त छक्क पर्छु !

हाडनाता मिची, भोग्छन बेसुर बनी
कस्तो पापी तिर्सना, म त छक्क पर्छु !

कतै फूलै फूल छ, कतै काँडै काँडा
क्या विचित्र सिर्जना, म त छक्क पर्छु !

जस्को भलो चितायो, उल्टै आफैँलाई
लाउँछ झन् लान्छना, म त छक्क पर्छु !

बसेरी ५, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x