साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म झुत्रे कवि कस्तो !

Nepal Telecom ad

कनी कनी लेखेर
कवि बन्नु पर्ने
सबै भन्दा ठूलो
आफैंलाई भन्नु पर्ने
न कवितामा रङ्ग छ
न लेख्नेमा ढङ्ग छ
कबिता लेख्ने भुत मसँग छ
वाचन गर्दा
स्वर बोरा च्यात्या जस्तो
ओ हो म झुत्रे कवि कस्तो !

वाचन गर्दा
शब्दै पिच्छे
बिग्रेको सिडीझैं अड्किरहने
भाषण गर्दा
मकैझैं पड्किरहने
न कलात्मक छ
न लयात्मक छ
बेसुरमा काग कराए जस्तो
ओ हो म लुत्रे कवि कस्तो !

न भाव छ कवितामा
न छ कुनै दम
तर पनि ठान्दिनँ म
आफूलाई अरु भन्दा कम
लेख्दा लेख्दा खाली
आफ्नै बखान लेख्या जस्तो
आफ्नै गन्थन पोख्या जस्तो
ओ हो म झुत्रे कवि कस्तो !

न आदि छ
न अन्ते छ
खाली कविता
मन गढन्ते छ
न उपमा न रस छ
आफ्नै मात्र बहस छ
तर पनि आफूलाई
ठूलै कवि पो हुँ कि जस्तो
म झुत्रे कवि कस्तो !

अरुले सुनोस् कि कान थुनोस्
यो थुतुनोले शब्द पोख्या पोख्यै छ
अरु निदाए पनि
आफैं ताली ठोक्या ठोक्यै छ
टपरीमा पानी खनाए जस्तो
ओ हो म झुत्रे कवि कस्तो !

दाङ, हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
रोपाइँ

रोपाइँ

प्रेम ओली ढकलपुरे
अन्धभक्त अरे हजुर !

अन्धभक्त अरे हजुर !

प्रेम ओली ढकलपुरे
जमाना एआईको

जमाना एआईको

प्रेम ओली ढकलपुरे
राष्ट्रिय खेलाडी पेले

राष्ट्रिय खेलाडी पेले

प्रेम ओली ढकलपुरे
खिचडीलालहरु

खिचडीलालहरु

प्रेम ओली ढकलपुरे
0
Would love your thoughts, please comment.x
()
x