साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बाटो र बाङ्गा गोरेटाहरू

Nepal Telecom ad

मुढेको चिसो हावा पिउँदै
घुट घुट
बाटो र बाङ्गा गोरेटाहरूमा
म गुडिरहेछु
लालीगुराँस तपतप झार्छ आँसु
चिमाल शिर झुकाउँछ
साहित्यिक उत्सर्जनमा
म र मेरा सहयात्रीहरू
अँधेरी जङ्गलहरूमा
जोखिम समाएर
पानी अमलाझैँ हाँसेर
बाटो र बाङ्गा गोरेटाहरू ओर्लिरहेछौँ
मिलनसार गुरुजी
हामीलाई लिएर अघि बढिरहन्छन्
पाखरका पाखरहरूमा
विचारहरू गुराँसहरूझैँ उम्रिन्छन्
फैलिन्छन् पानी अमलाझैँ
मेरो आग्रह छ
मेरा सहयात्रीहरूलाई
हाम्रो इतिहासझैँ बाँचिरहने छ
यात्रीहरू
धुलोझैँ धुलो भएर हाँसिरहेका थिए
गिजाइरहेका थिए
मृदुभाषी यात्रामा
घरहरू थिएनन् थिए घरहरू
आफ्नै किसिमका
विधीहरू खरका ढाडीझैँ छरिएको छ
शहरको ढाँडहरूमा
मनोमालिन्य उग्र बन्छ
म तामाकोसीझैँ बूँद बगाएर
बाटो बाङ्गा गोरेटाहरू झरिरहेछु
वसन्तको ठण्डीले
आफूलाई सेकेर
पेट माड्छु
बूढा पहाडहरू
बूढी शैलुङहरू
निराशाको आँधी उठाइरहेथे
म परिवर्तनकामी
शासकहरूको अधोगतिले
निमोठिएको मेरो देश
ऋणले अँठ्याइएको मेरो घर
मुढेको गर्भमा नाचेर
विचारको हुर्हुरी बहन्छ
मृगझै तल तल दगुर्दै
नाडी हल्लिन्छ हल्लाउँछ
काला डरलाग्दा भिरहरूमा
मुटु बजाउँछु
आकृति प्रकृति मुरली
वङ्गाराहरू टोकी टोकी

बाटो र बाङ्गा गोरेटाहरू झरिरहेछु
आकाशबाट जुन अस्ताइसक्छ
तिन ताराहरू आफ्नै शैलीमा बोलीरहेथे
मुढेको हावा
जर्जर भएर चम्किरहेथ्यो
पापी मानिसहरू
यमराजझैँ क्रोधित भइरहेका थिए
बूढी शैलुङका सल्लाहरू
सबैतिर चिच्याइरहेका थिए
मुख जोरेर
तलतल झरिरहेँ यात्रामा
स्याँठ आइसक्रिम रोपिहेथ्यो
धेरै बाक्ला घुम्तीहरूमा
पानी अमला
जीवन वैभव त्याग भनिरहेथ्यो
धेरै बाक्ला घुम्तीहरूमा
पानी अमला
जीवन वैभव त्याग भनिरह्यो थ्यो
बूढो पहाडमा
मुढेको बाघमाथि निरन्तर चुमेर
बूढी शैलुङका पार्थवितनहरूमा
मुइ खाँदै
बाटो बाङ्गा गोरेटाहरू झरिरहेछौँ
सुनकोसी
वेला वेलामा चिच्याउँथी
मनहरू चट्टानहरूझैँ टुक्रिन्छ
तुहिनेश लिएर
वैचारिक विचारहरू कम्प दिएर टङ्कन गर्थे
हरेक बुट्यानहरू
मृत्युको बङ्गराहरू
धेरै घुम्तीहरूमा तेर्सिएका थिए
जितको शीत पिएर
विचारको बाफ भएर उडिरहेथ्यो
बाटो र बाङ्गा गोरेटाहरू
मलाई किचिरहेथे
बुढी शैलुङका पत्थरहरू
वैँशले उन्मत्त भएको म युवकमा
छेकिरहन्छ बुढा पहाडहरू
सल्लाहरू रुन्छन्
घनश्याम च्यापियो भनेर
ऊ वैसम्य नराखी
आफ्नो यात्रामा हिँडिरहेछ
उष्ण माधुरीहरू, तवला बजाइरहेथे
सिन्धुका चौतारीहरूमा
मुढेको चिसो स्याँठ
चिसो यात्रा गराइरहेथ्यो

वेला वेलामा
घनश्यामझैँ जाड्य
जङ्गलहरू डस्न झर्ने गर्थे
लालीगुँरासका केशहरू
चिमालझैँ चाउरी परेकी सुन्दर वनहरू
मसँग भलाकुसारी गरिरहेथे
मलाई वैँशको कुरा गर्ने फुर्सत हुन्न
बुढी शैलुङ झम्टिरहिथी
पानी अमलाका जटाजुटहरू
वरिपरि फैलिरहेका थिए
तपस्याझैँ यात्रा हिँडिरहेथे
मानिसहरू हावाझैँ दुषित थिए
म चेख बन्दै
मौन चुपचाप थिउ
चाँदीझैँ टल्किएका खेम
मलाई सचेत गराइरहेथे
हिमालझैँ मुस्स हाँसिदिन्थे
एक्काइस किलोबाट दक्षिणतिर
बाटो र बाङ्गाटिङ्गा गोरेटा झरिरहेँ
दोलालघाटमा आगोझैँ सूर्य सल्किँदा
भालेहरू बास्न सुरु गर्दै थिए
च्याङ्ग्रेवासमा ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x