साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधा दर्जन ठोक्तक

Nepal Telecom ad

 

१.
रित्ता डाला डोकाहरू छन्
समस्याका पोकाहरू छन्
अपच डकार्छन् महलभित्र
तर झोपडीमा भोकाहरू छन् ।

२.
मलाई बेकार अलमलमा फसाउन नखोज
निष्कर्षहीन छलफलमा फसाउन नखोज
प्रसन्न यसै छु पसिनाको कमाइले म
भ्रष्टाचारको दलदलमा फसाउन नखोज ।

३.
कतै भ्रष्ट आचरणका कुरा चलेका छन्
कतै शुद्धीकरणका कुरा चलेका छन्
रहस्य अनुद्घाटित यस परिवेशमा
कतै केवल बाहिरी आवरणका कुरा चलेका छन् ।

४.
वस्तीहरूमा कतै उल्लासको नाचगान छ
कतै शोक छ, सन्त्रास छ, कतै सुनसान छ
फैलिरहेछन् आज पनि विषमताका लहराहरू
कसैलाई सम्मान छ, कसैलाई अपमान छ ।

५.
गर्भमा सम्पत्तिको खानी छ हामीसँग
खोजी नगर्ने बानी छ हामीसँग
बस्ती अँध्यारै छन्, खेत बाँझा छन्
उपयोगै नभएको पानी छ हामीसँग ।

६.
अँध्यारोलाई अँध्यारोले हटाउन खोज्छौं हामी
उज्यालोलाई उज्यालोले दबाउन खोज्छौं हामी
लाग्छ यस्तो सिद्धान्तको अनुसरण गर्दै छौँ कि
सुतेकालाई सुताएरै उठाउन खोज्छौँ हामी ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
चार ठाेक्तक

चार ठाेक्तक

घनश्याम रेग्मी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली- १६७

बेलाको बोली- १६७

डा. ऋषि बस्ताकाेटी
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x