प्रेम ओली ढकलपुरेकेही ठोक्तकहरू
क. ट्राफिक पुलिस
बाटो काट्दा
न गाडी रोक्छ
न सिट्टी ठोक्छ
हाकिमको रिस
बटुवालाई पोख्छ ।
000
ख. लाइन लाग्दा
पुछारमा थिएँ
सर्दै सर्दै जाँदा
बीच ठाउँको भएँ
हुँदाहुँदै
पङ्क्तिको टाउको पो भएँ ।
000
ग. डेटिङ
पहिलो पटक
ईमेलमा फोटो आयो
ठ्याक्कै कारिस्मा जस्तो
दोस्रो पटक
मोबाइलमा फोन आयो
आवाज श्रीदेवीको जस्तो
तेस्रो पटक भेट हुँदा
मन भयो कस्तो कस्तो
नढाँटिकन भन्दा
उनको अनुहार
ट्याक्कै पोथी चिम्पान्जी जस्तो ।
000
घ. रुपैयाँले टोक्छ
गाउँ गयो
शान्त, निश्चिन्त
खाली उपैयाँले टोक्ने
शहर आयो
यता भएन
उता भएन
खाली रुपैयाँले टोक्ने ।
000
ङ. कस्तो माया
कल्पनामा पनि
सपनामा पनि
उनीलाई नै देख्छु
खै कस्तो माया रहेछ यो
हुँदा हुँदा अचेल
परीक्षामा बस्दा पनि
आफ्नो नाउँको ठाउँमा
उनैको नाउँ पो लेख्छु ।
दाङ, हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest





































