साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अवतारहरूलाई सलाम

Nepal Telecom ad

समानता
सहअस्तित्व
मर्यादा
स्वतन्त्रता
सम्हालेर अँगालोमा ।
काला
गोरा
मिश्रित
रङहरूको पहिरनमा ।

आदिवासी
स्थानान्तरित
आप्रवासी
विस्थापित
चलायमान स्वरुपमा ।

एसियन
अफ्रिकन
युरोपियन
अस्ट्रेलियन तथा प्यासिफिक
अमेरिकन
मङ्गोलियन
आर्यन
भूगोलहरूको परिधिमा ।

हिन्दु
बौद्ध
इस्लाम
इशाई
यहुदी
प्रकृति
निष्कलङक विश्वासमा ।

बसोवासको शैली नमिले पनि
रङहरू फरक देखिए पनि
भूगोलहरू नजोडिए पनि
आस्थाहरूले मेल नखाए पनि
मान्छेरुपी
अवतारहरूलाई सलाम छ ।
किनकि
अवतारहरू जन्मजात स्वतन्त्र छन्
र निर्वाध रुपमा अधिकारको उपभोग
गरिरहेछन् र गरिरहनेछन् ।

बैशाख १, २०७१ ९अप्रिल १३, २०१४०
बालकोट, भक्तपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x