साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘च्याउको जंगल’ कविता कृति सार्वजनिक

Nepal Telecom ad

कवि विप्लव ढकालका प्रतिनिधि कविताहरूको सङ्ग्र्रह ‘च्याउको जंगल’ कविता कृति २०७१ बैशाख १ गते सोमबार शिल्पी थिएटर, बत्तीसपुतलीमा सार्वजनीकरण गरिएको थियो ।

लोकार्पण समारोहको मन्चमा वैरागी काइँला, प्रदीप ज्ञवाली, आहुति र कवि विप्लव ढकाल हुनुहुन्थ्यो । थिएटरमा कलाकारहरूले ‘च्याउको जङ्गल’ माथि अभिनय गरेर देखाएका थिए । सभा कक्षमा कविताप्रेमीको बाक्लो थियो । कार्यकममा प्रमुख कवि तुलसी दिवसले ‘विप्लवका कविता बेजोडका छन्, उनलाई अब कवि भनिरहनु नपर्ने’ बताउनुभयो ।

कवि विप्लवकै जन्मदिन बैशाख १ गते परेकाले उहाँलाई जन्मदिनको, कृति जन्मिएको र नयाँ वर्षको शुभकामना हार्दिकता र अभिवादन फर्काउन हम्मेहम्मे परेको थियो ।

कार्यक्रमको सञ्चालन मुकुन्द शर्माद्वारा अत्यन्तै मिठो ढङ्गबाट भएको थियो ।

-सुलसुले

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x