साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुजुभाइ

Nepal Telecom ad

यहाँ खन्चुवा पिशाचहरूको कमी छैन
जुजुभाइ नामको एक प्राणी
पानी र अयला पिएर हिँड्छ छेडिन पाचोतिर
अतिवृष्टि, अनावृष्टि, अकाल
र यहीँ छन् रोग, भय र भूतपे्रत–सियाका टुप्पा टुप्पामा
बजार बजार घुमेका छन् कलजिब्रे–अल्छीतिघ्रेहरू
जुजुभाइको जिब्रो मात्र ठिङ्ग उभिन्छ गणेशमन्दिर पाटीमा
नकर्मी, पमा र कर्मीनाइकेहरू सुइरो बोकेर बसेका छन्
र सारा परम्पराको पीडा उसैले बोकिदिनुपर्ने
आज नायखीँ बजेको छ, महादीप बलेको छ
नगर नगर डुलेको छ खटयात्रा
र एउटा मानव पल पलमा मरेको छ
निराहार, मौन र अस्पृश्य व्रतपछिको भयङ्कर जिह्वा वेदना
सेतो फेटा, पहेँला लुगा र पटुकीले बाँध्नुपर्ने
हजार जिब्रा भएका शेषनागहरूको रमिता हेरिनसक्नु छ
महालक्ष्मीको माटाले जिब्रो पुरेर भोजन गर्नुछ
अघाएका जिब्राहरूको अगाडि
र अर्को साल जुजुभाइले फेरि भोको पेट छेडिनु छ, उनिनु छ
र मुर्छा परेर टोल टोलमा घिच्चिनु छ ।

नुवाकोट, हालः काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x