डा. लोकेन्द्रप्रसाद पौड्यालजुजुभाइ
यहाँ खन्चुवा पिशाचहरूको कमी छैन
जुजुभाइ नामको एक प्राणी
पानी र अयला पिएर हिँड्छ छेडिन पाचोतिर
अतिवृष्टि, अनावृष्टि, अकाल
र यहीँ छन् रोग, भय र भूतपे्रत–सियाका टुप्पा टुप्पामा
बजार बजार घुमेका छन् कलजिब्रे–अल्छीतिघ्रेहरू
जुजुभाइको जिब्रो मात्र ठिङ्ग उभिन्छ गणेशमन्दिर पाटीमा
नकर्मी, पमा र कर्मीनाइकेहरू सुइरो बोकेर बसेका छन्
र सारा परम्पराको पीडा उसैले बोकिदिनुपर्ने
आज नायखीँ बजेको छ, महादीप बलेको छ
नगर नगर डुलेको छ खटयात्रा
र एउटा मानव पल पलमा मरेको छ
निराहार, मौन र अस्पृश्य व्रतपछिको भयङ्कर जिह्वा वेदना
सेतो फेटा, पहेँला लुगा र पटुकीले बाँध्नुपर्ने
हजार जिब्रा भएका शेषनागहरूको रमिता हेरिनसक्नु छ
महालक्ष्मीको माटाले जिब्रो पुरेर भोजन गर्नुछ
अघाएका जिब्राहरूको अगाडि
र अर्को साल जुजुभाइले फेरि भोको पेट छेडिनु छ, उनिनु छ
र मुर्छा परेर टोल टोलमा घिच्चिनु छ ।
नुवाकोट, हालः काठमाडौं
Subscribe
Login
0 Comments
Oldest






































