साइबर अपराध सम्बन्धी सचेतना सामग्री

गद्दार बनाई दियो !!

Nepal Telecom ad

बनाउनेले यति ठूलो, संसार बनाई दियो
संसार भित्रै शौन्दर्यता अपार बनाई दियो !!

पैसासँग इज्जत बेच्ने ब्यापारी त्यो धनाड्यले
दुखियाको इज्जतलाई, बजार बनाई दियो !!

विज्ञानले यति धेरै चमत्कार गरेर होला
दूर देश पनि आज सँघार बनाई दियो !!

शब्दभित्र अमृत छ शब्द भित्रै जहर नि
गला रेट्ने शब्दको नै हतियार बनाइ दियो !!

मन्दिरमा मूर्ति पुजी बस्नेलाई पनि आज
लोभ अनि लालचले झन् गद्दार बनाई दियो !!

आफै ठूलो आफै जान्ने अहङ्कार बोकी हिँड्थ्यो
घमण्डले जलाएर अँगार बनाई दियो !!

झापा, हाल इज्रायल

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x