साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भ्रष्टाचारीसँग लडण्या हो भन्या

Nepal Telecom ad

घुस खान्या र दिन्या मात्रै होइन, घुस्याहालाई सम्मान दिन्या, घुस खायाको र दियाको र भ्रष्टाचार गरेको देषी देषी आँखा चिम्लन्या अनि भ्रष्टाचारीसँग लडण्या दुषले घुस दियिकन आफ्नो काम गराउँ भनि सोचन्या मनुष्य पनि मुलुकका शतुर हुन् । आफू आफ्नो ठाउँमा सक्याको भ्रष्टाचार गरण्या तर देशमा भ्रष्टाचार भयो भनी गुड्डी हाँकन्या मनुष्य ता झनै पातकी हुन् । यो राज्जे म्लेक्ष्यहरूको अम्रीका भन्दा पनि धनी रह्याछ, तर सबै जसो जनता मुषले जतिसुकै चर्का कुरा गर्या पनि सबै जनताको रगतमा भ्रष्टाचार राष्ट्रिय संस्कृति सरी बग्याका हुनाले यो सूडान भन्ने देशभन्दा पनि गया गुज्रयाको रह्याछ ।

अब तिमीहरू सबै रैती रैतानहरूले मेरो मान गरण्या भया मेरो गुणगान गाउन छाड्नू र भ्रष्टाचारीहरूलाई यो राज्जेबाट षेदीकन भारत बर्षको बिहार पहुचाइदिनू ।

अनि आइन्दा षुमें, गोबिंदे नामका भ्रष्टाचारीलाई जयजयकार गरण्या रैतीले मेरो नाम उच्चारण नगर्नू, मेरो शालिकलाई माला नपहिर्याउनू । नेपाललाई स्विजÞरल्याण्ड बनाउन्या भया मेरा उपदेश मनन गरनु, सूडान बनाउन्या भया षुमें अनि गोबिंदे सरिका भ्रष्टाचारीहरूलाई काषी च्यापनू अनि उनका सती भैकन ज्यान फालनू ।
सबै रैती रैतानलाई चेतना भया ।
पृथ्वीनारायण शाह २ (दिव्योपदेश २ बाट)

–रामहरि अधिकारी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x