साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चण्डिका गणमा साहित्यिक कार्यक्रम

Nepal Telecom ad

बैशाख ६ । कुश्मा, पर्वत । सदरमुकाम कुश्मामा रहेको सशस्त्र प्रहरी बल चण्डिका गण परिसरमा साहित्यक रचनावाचन तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । पर्वत साहित्य सङ्गमको आयोजनामा हुँदै आएको संरक्षण कविता आन्दोलन : धवलागिरि यात्राको छैठौं शृङ्खला तथा साहित्यकार र सुरक्षाकर्मीहरूका बीचमा नयाँ वर्षको शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा बोल्दै चण्डिका गणका गणपति सशस्त्र प्रहरी उपरीक्षक चित्रबहादुर खत्रीले साहित्यले व्यक्तिलाई सकारात्मक सोच र देशप्रेमको भावना जागृत गर्न सक्नुपर्ने कुरा बताउनु भयो । आफ्नो धर्म, संस्कार र इतिहासको गौरवगाथालाई बुझेर अघि बढ्ने तथा धर्मो रक्षती रक्षतः को भावनालाई कदर गरेर कर्म क्षेत्रमा जुट्ने हो भने सबैको हित हुने कुरामा उहाँको जोड रहेको थियो ।

विशिष्ठ अतिथिको आसनबाट सशस्त्र प्रहरी उपरिक्षक हर्कबहादुर शाहीले साहित्य समाजको ऐनामात्र नभई जीवन नै भएकाले यसको जीवनरसको उपयोग गर्न कसैले पनि चुक्न नहुने कुरा बताउनु भयो । सुरक्षाकर्मीका पनि आफ्ना विचार, भावना र अनुभवहरू हुने हुनाले साहित्य सिर्जनाको माध्यमबाट आफूलाई प्रस्तुत गर्नु राम्रो कुरा भएको उहाँको भनाई थियो ।

कार्यक्रममा साहित्यकार तथा सुरक्षाकर्मीहरूले आ–आफ्ना कविता, गीत, गजल, मुक्तक, हाइकु लगायतका सिर्जनाहरू प्रस्तुत गरेका थिए । यसरी साहित्यिक रचना प्रस्तुत गर्नेहरूमा साहित्यकार इन्द्रकुमार विकल्प, इन्द्रमान खत्री, राजेन्द्र पहाडी, लक्ष्मीप्रसाद शर्मा पौडेल, लक्ष्मीराज शर्मा पौडेल, बाबुराम सुवेदी, डीआर शर्मा, माधवराज पाण्डे, गोकुल शर्मा, अन्तिम गुरुङ, शिव सङ्कल्प, कस्मिक सुवेदी लगायतका हुनुहुन्थ्यो । यसैगरी सशस्त्र प्रहरी बलका सुरक्षाकर्मीहरू सञ्चय रेग्मी, इन्द्रबहादुर कुमाल, नारायण कार्की र यज्ञराज गिरी लगायतले आ–आफ्ना साहित्यिक रचना तथा भावनाहरू सुनाउनुभएको थियो ।

कार्यक्रममा पर्वत साहित्य सङ्गमको तर्फबाट सशस्त्र प्रहरी बलभित्र रहेको पुस्तकालयका लागि तीन दर्जन पुस्तकहरू उपहारस्वरुप प्रदान गरिएको थियो । पर्वत साहित्य सङ्गमका अध्यक्ष इन्द्रमान खत्रीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव राजेन्द्र पहाडीले गर्नुभएको थियो ।
–राजेन्द्र पहाडी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x