साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन थान लिमरिक– १

Nepal Telecom ad

१.
म हाँसेको छैन साथी म रोएको पनि छैन
भर्खरै उठेको छु मुख धोएको पनि छैन
महलको राजा वन छिरेपछि
नेताहरूले जनता पिरेपछि
मट्टितेल नपाएर अन्न छोएको पनि छैन ।

२.
कार्यालयको बहुला कुकुर विषले वेसुर भयो
ऊ सबै कर्मचारीहरूको धूरधूर भयो
यता गयो उसले लखेट्छ
उता गयो उसले लखेट्छ
हाकिमले के सोच्यो कुन्नि रिसले चुरचुर भयो ।

३.
त्यो पारि वनमा कसैले आगो लगाई दिएछ
यौटा बटुवा आगो निभाउ भन्दै चिच्याई दिएछ
वनपालेहरू मजा भो भन्दै थे
उनीहरू आ–आफ्नो भाग गन्दै थे
त्यो कराउने मान्छे त वहुलाहा पो रहेछ ।

‘नरिसाउनू है !’ (लिमरिक–सङ्ग्रह) २०७० बाट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुनाऊँ कसोरी ?

सुनाऊँ कसोरी ?

रामबहादुर पहाडी
0
Would love your thoughts, please comment.x
()
x