साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सारङ्गी गीत

Nepal Telecom ad

आजभोलि बूढाहरु सडकमा सुत्छन् ।
अझ उल्टै प्रहरीले उनैलाई कुट्छन् ।।
आफूचाहिँ तरुनो छु ठान्छन् सेता दाह्री ।
यिन्कै घरमा झाङ्गेको छ ठूलो सिस्नोघारी ।।
के के गर्छौ पसेर कुना, धोती झर्यो देखियौ नौतुना, होश गरे है ।

माल मात्रै हल्लाउँछन् विश्वबैङ्के दाह्री ।
कमिसनमा रमाउँछन् मुख मीठो पारी ।।
तेल ग्याँस सधैँभरि लैनो गाई यिन्को ।
सडकमा लाइन भो रातविहान दिन्को ।।
उद्योगधन्दा बेचेर खाने, बानी भयो सम्पत्ति कमाउने, होश गरे है ।

गुण्डालाई समाउँदा हानदेव रोए ।
खरेलले पेल्यो भनी मनको गाँठो फोए ।।
गुण्डालाई समातेर पार्टी सक्ने दाऊ ।
खबरदार प्रतिगामी खरेल भो हाउ ।।
धोती झर्यो देखियो घारी, कति लुक्छौ पार्टीको छेलपारी, होश गरे है ।

लालबाबु आयो फेरि टाउको दुखाउन ।
डिभि अनि पिआरको शक्ति सुकाउन ।।
नेताजस्तै कर्मचारी पनि भए सुरा ।
मुखमात्र रामराम व्यवहारमा छुरा ।।
लालबाबु नोटले हिर्काउलान्, भित्रैबाट राष्ट्रवाद सिकाउलान्, होश गरे है ।

धादिङ, हाल काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोको

बोको

डा. विप्लव ढकाल
वर्क फ्रम होम

वर्क फ्रम होम

लक्ष्मण नेवटिया
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x