जीवनपानीठोकिएको रै’छ
छचल्केर जिन्दगी यो, पोखिएको रै’छ
मलाम जाँदा आफ्नै लास, बोकिएको रै’छ ।
छाती फुल्छ, मुटु दुख्छ, लोलाउँछन् आँखा
आधा सास फोक्सोभित्रै, रोकिएको रै’छ ।
यौटा खुट्टा एकातिर, अर्को अर्कैतिर
यात्रा बेग्लै, बाटो बेग्लै, तोकिएको रै’छ ।
किन टुट्छ दिल सोंच्थें, मन किन रुन्छ
परेलीका किनारामा, ठोकिएको रै’छ ।
हिजोभन्दा आज अर्कै, जिन्दगीको स्वाद
भोकाउँदा आफ्नै जिब्रो, टोकिएको रै’छ ।
हाल : काठमाडौं
Subscribe
Login
0 Comments
Oldest




































