साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठोकिएको रै’छ

Nepal Telecom ad

छचल्केर जिन्दगी यो, पोखिएको रै’छ
मलाम जाँदा आफ्नै लास, बोकिएको रै’छ ।

छाती फुल्छ, मुटु दुख्छ, लोलाउँछन् आँखा
आधा सास फोक्सोभित्रै, रोकिएको रै’छ ।

यौटा खुट्टा एकातिर, अर्को अर्कैतिर
यात्रा बेग्लै, बाटो बेग्लै, तोकिएको रै’छ ।

किन टुट्छ दिल सोंच्थें, मन किन रुन्छ
परेलीका किनारामा, ठोकिएको रै’छ ।

हिजोभन्दा आज अर्कै, जिन्दगीको स्वाद
भोकाउँदा आफ्नै जिब्रो, टोकिएको रै’छ ।

हाल : काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
अब तिम्रो त्यो बकवास गरौं !!

अब तिम्रो त्यो बकवास...

ज्ञानुवाकर पौडेल
गरिसिन्छ

गरिसिन्छ

जे. सागर
0
Would love your thoughts, please comment.x
()
x