साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तीन दनक

Nepal Telecom ad

१.भ्रष्टाचारीको कथा

राता रात जुटी दिनादिन कुटी आश्वासनै को बुटी !!
लाखौं नोट लुटी बनाइ सुकुटी ताप्के तताई भुटी !!
पारी टम्म मुठी स्वदेश ढुकुटी छान्दै ढिकीमा कुटी !
भ्रष्टाचार गरे भरे खुब भुँडी रुन्छन् ति पार्टी फुटी !!

२.पजेरो को वास्तविक रुप

डिक्की, बोनट, झ्याल, द्वार, सिटमा चोक्टा थिए ढाडका !
देखे इन्धन त्यो थियो रगतको पाङ्ग्रा थिए हाडका !
तिम्रै बक्ष बन्यो खुला सडक त्यो दौड्यो पजेरो जब !
तिम्रो लास थियो मसान घरमा उस्को थियो उत्सव !

३. कुहिएको जेरी

ए बी सी कखरा दुरुस्त नबुझी दर्जा लियौ माथिको !
मेरा चामल थन्किए सडकमा तिम्रो बिकायौ पिठो !!
बोली मात्र दियौ अथाह गुलियो खै कार्य सम्पादन !
थ्यो जेरी गुलियो समस्त कुहियो झिंगा डुले भन्भन !!

नेपालगञ्ज

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
पाँच खित्कौली

पाँच खित्कौली

नन्दलाल आचार्य
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
0
Would love your thoughts, please comment.x
()
x