साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खुलेको छ सपनाको बजार

Nepal Telecom ad

फेरि एक पटक खुलेको छ सपनाको बजार
आउनुस् देख्नुस् राम्रो सपना
र लेखिदिनुस् उसको नाउँमा
तपाईंको कमसेकम अर्को पाँच वर्षको जिन्दगी ।
०००
तपाईं चामल जस्तो केलाएर हेर्न सक्नुहुन्न
लुगा जस्तो छामेर अनुभव गर्न सक्नुहुन्न
उसले भन्दै जान्छ, तपाईंले सुन्दै जाने हो
आँखा चिम्लिने हो, सपना देख्ने हो
उसका सबै भनाइ विश्वास गर्ने हो
फेरि एक पटक खुलेको छ सपनाको बजार ।
०००
आउनुस् तपाईंलाई कुन सपना मन पर्छ
दिउँसै देख्नुस् एक सपना
र पाल्नुस् एक पल्टन शासकहरू
सभा भाँड्ने सभासदहरू ।
०००
संविधान सभा बनाइदिनुस् र
दिनुस् संविधान नबनाउने अनुमति
सरकार बनाउन सहयोग गर्नुस् र
गर्नुस् सरकार नभएको अनुभूति

तपाईंको छाप्रो उधारेर
गर्नुस् मद्दत
बनाउन लथालिङ्ग मुलुकका पार्टीका घरहरू ।
०००
तपाईंको छाक काटेर गर्नुस् सहयोग
निर्माण गर्न
गरिब कार्यकर्ताका धनी नेताहरू
लेखिदिनुस् उसका नाउँमा तपाईंमा उर्बर जवानीका पाँच वर्ष
फेरि एक पटक खुलेको छ सपनाको बजार ।
०००
तपाईं रिक्सा चलाउनु हुन्छ त के भो र !
किन्दै नकिनी निजी गाडीमा शयर गरेको सपना देख्नुस्
तपाईं निजी गाडीमा हिँड्नु हुन्छ भने हवाई जहाज किनेको सपना देख्नुस्
छन् ऊसँग थरिथरिका सपना
छन् ऊसँग प्रत्येक बर्गका सपना
अँध्यारो गाउँमा अर्को महिनादेखि
बिजुली बत्ती बाल्न पाइने सपना
सुक्खा जमीनहरूमा पानीले भिजाउने सपना !!
सपनाको बजारमा यो पनि केही सपना हो र ?
देख्नुस् तपाईं २ सय तला माथिको गगनचुम्बी घरमा रहेको सपना
देख्नुस् तपाइँ इन्द्रेणीको धागोबाट संसार भ्रमण गरेको सपना ।
०००
ऊ सपनाको कारखाना नै हो,
अहिल्यै निकालेर दिन्छ भिन्न मोडेल र ब्रान्डका सपना तपाईंलाई
मात्र लेखिदिनुस् तपाईंका अमूल्य जीवनका अर्को पाँच वर्ष
फेरि एक पटक खुलेको छ सपनाको बजार ।
०००
जमिन्दारलाई जमीन थपिदिने मौका
पुँजीपतिलाई अझै कमाउने अवसर
कालोबजारीलाइ अझै भाउ बढाउने अवसर ।
सँगै
समानता र साम्यवादको पनि सपना
सङ्घीयता र समाजवादको सपना
परिवर्तन र क्रान्तिको सपना
सबै एकै मनचिन्ते झोलामा राखेर
बाँडी रहेको छ सपना
मात्र छाप लगाई दिनुस् उसको नाममा
तपाईंको उर्बर जीवनको अर्को पाँच वर्ष ।
०००
घरको सपना देख्दादेख्दै बेघर भएका
सहर पानीले पखालिने सपना किनेर काकाकुल भएका
नयाँ राज्यको सपना किनेर आफैं बेचिएका
धेरै ठगिएका, झुक्किएका छन् मानिसहरू
फेरि पनि सपनाको बजारमा सपना किन्नेहरू छन्
झुक्किएका दशकहरू बिर्सेर नयाँ सपनामा आश गर्नेहरू छन्
किन्नुस् तपाई पनि एक थान वा अनगिन्ति सपनाहरू
फेरि एक पटक खुलेको छ सपनाको बजार ।

रविभवन, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
सवारी

सवारी

स्नेह सायमि
सुरक्षा

सुरक्षा

स्नेह सायमि
रहरहरू

रहरहरू

स्नेह सायमि
कफी !

कफी !

स्नेह सायमि
कालो सूची

कालो सूची

स्नेह सायमि
आमा…

आमा…

डा. रमेश शुभेच्छु
आमा

आमा

प्रल्हाद पोखरेल
कस्तो मायाँ लाग्छ, आमा

कस्तो मायाँ लाग्छ, आमा

बिनुबाबा घिमिरे
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
शीतल जल र तातो खुराक

शीतल जल र तातो...

डा. पशुपति फुयाल
0
Would love your thoughts, please comment.x
()
x