साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राजीनामा

Nepal Telecom ad

जित्यो चुनाव हुर्मतले । उसकै पार्टीको बहुमत । बन्यो सरकार, भयो मन्त्री । ऊसित ज्ञान र विवेक बाहेक सबै थिए । लक्ष्मी माताको विशेष कृपा । केटाहरूको साथ । जगल्टे र मुन्द्रेहरू उसकै दाहिने । पार्टीका ठूला ठूला नेताहरू उसकै शरणमा । ठूला ठूला ठेकेदारहरू, भू–माफियाहरू उसकै यारहरू र आज उसको पहिलो दिन । मन्त्रालय आयो– तामझाम सहित । भव्य स्वागत । यो मन्त्रालयको सचिव– ज्ञानवीर नेपाली । हुर्मतले ज्ञानवीर खोज्यो– ‘सचिवज्यूले त हिजै राजीनामा दिनुभयो ।’ सहसचिवको सूचना । खिस्रिक्क पर्यो हुर्मत । यथार्थमा प्रतिशोध लिन ऊ यो मन्त्रालयमा आएको थियो । हुर्मत विद्यार्थी हुँदा नेपाली हेडमास्टर थिए । परीक्षामा तीन चोटी निष्कासनमा परेको थियो हुर्मत । कतैबाट पनि झुकाउन सकेको थिएन हुर्मतले उनलाई । यही एउटा स्वर्णीम अवसर थियो– ‘साले, ज्ञाने राजीनामा दिएर हिँडेछ’ मुर्मुरियो हुर्मत ।

यता नेपालीको घरमा ‘होइन, मुख्य सचिव हुने बेलामा के गर्नुभ’को हो ? बल्ल ५६ हुनु भो । नियमले… ।’ ‘प्रभा, तिमीलाई थाहा छ मेरो बानी । मेरो स्वाभिमान जहाँ अपमानित हुन्छ, त्यहाँ म सास फेर्न सक्दिन । तिमीले पनि राम्रोसित चिनेकी छ्यौ त्यो हुर्मते बजियालाई । म त्यसैलाई ‘नमस्कार मन्त्रीज्यू’ भन्न कसरी बसौं ? बरु फेरि कुनै कलेजमा पढाउँछु ।’ अखबार पनि नेपालीको ‘राजीनामा’ प्रकरणले रङ्गियो ।

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जय गणतन्त्र !

जय गणतन्त्र !

धनराज गिरी
किन सर ? किन ?

किन सर ? किन...

धनराज गिरी
ज्या ! बिर्सिएछ !!

ज्या ! बिर्सिएछ !!

धनराज गिरी
घण्टेशिया !

घण्टेशिया !

धनराज गिरी
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x