टिपनटापनकन्चुस हुनुको नि सीमा हुन्छ नि हौ !
दसैंमा टिका लगाउन ससुराली गएँ मदेशदेखि पहाडतिर श्यामजंग खत्री सानो जङ्गे जेठानको घरमा ! पोहोर नै ढुङ्ग्रोमा हालेर चामल राखेका रहेछन् दसैमा टिको लाउन भनेर । म गएपछि जेठानले टिको मुछेर टिका लाउन सुरु गरे । थोरै चामल र रङ चाहिँ धेरै दल्दै आधा घण्टा आशिर्वाद दिए । अनि अन्त्यमा खाममा हालेर २१ रुपयाँ दक्षिणा दिए ! एक छिन त रिसले आखा नि देखिनँ मैले । त्यत्रो १५ सय गाडीभाडा तिरेरm ४ सयको जुलपी, २ सय ५० को स्याउ किनेर ससुराली गा’को फर्किने भाडा नै नभएपछि म नि बाध्य भएर टाट्नोमा बाँधेको बोको डोर्याएर हिँडे । चैनपुर बजारमा त्यही बोको बेचेर गाडी भाडा बनाई गाडी चढेर आएको । ओरसम्म खेद्दै आएका थिए मलाई जेठानले । अनि मैले नि धम्क्याएँ– ए जेठान तिम्रा काला कर्तुत सबै म तिम्रा छिमेकीलाई भन्दिन्छु अनि गाउँमा बस्न नहुने हुन्छ । अनि खान्छौ घगने भनेर भनेपछि मात्र लुरुक्क परेर फर्केका थिए ।
लोभी हुनुको नि सीमा हुन्छ नि हाउ, जसको चैँ स्वास्नी छैन उही अहिले नै यस्तो गाँठे ।
–जीतु खड्का ‘गाउँले’
Subscribe
Login
0 Comments
Oldest







































