साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कन्चुस हुनुको नि सीमा हुन्छ नि हौ !

Nepal Telecom ad

दसैंमा टिका लगाउन ससुराली गएँ मदेशदेखि पहाडतिर श्यामजंग खत्री सानो जङ्गे जेठानको घरमा ! पोहोर नै ढुङ्ग्रोमा हालेर चामल राखेका रहेछन् दसैमा टिको लाउन भनेर । म गएपछि जेठानले टिको मुछेर टिका लाउन सुरु गरे । थोरै चामल र रङ चाहिँ धेरै दल्दै आधा घण्टा आशिर्वाद दिए । अनि अन्त्यमा खाममा हालेर २१ रुपयाँ दक्षिणा दिए ! एक छिन त रिसले आखा नि देखिनँ मैले । त्यत्रो १५ सय गाडीभाडा तिरेरm ४ सयको जुलपी, २ सय ५० को स्याउ किनेर ससुराली गा’को फर्किने भाडा नै नभएपछि म नि बाध्य भएर टाट्नोमा बाँधेको बोको डोर्याएर हिँडे । चैनपुर बजारमा त्यही बोको बेचेर गाडी भाडा बनाई गाडी चढेर आएको । ओरसम्म खेद्दै आएका थिए मलाई जेठानले । अनि मैले नि धम्क्याएँ– ए जेठान तिम्रा काला कर्तुत सबै म तिम्रा छिमेकीलाई भन्दिन्छु अनि गाउँमा बस्न नहुने हुन्छ । अनि खान्छौ घगने भनेर भनेपछि मात्र लुरुक्क परेर फर्केका थिए ।
‎लोभी‬ हुनुको नि सीमा हुन्छ नि हाउ, जसको चैँ स्वास्नी छैन उही अहिले नै यस्तो गाँठे ।

–जीतु खड्का ‘गाउँले’

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
पाँच खित्कौली

पाँच खित्कौली

अमर अधिकारी
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
चार खित्कौली

चार खित्कौली

अमर अधिकारी
0
Would love your thoughts, please comment.x
()
x