साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सप्तरङ्गी ठोक्तक–२

Nepal Telecom ad

१.
बाजा उही तर सुर ताल फरक भो
नदी उही प्रबाहको छाल फरक भो
जनताको पुकार सुन्ने छैन समय नै
जिते पछि नेताजीको चाल फरक भो ।

२.
कोही विरही छन् यहाँ कोही निर्मोही पनि छन्
कोही विकल, व्यथित छन् कोही विद्रोही पनि छन्
सागर हो यो महानगर सावधान यहाँ त ए साथी ?
मान्छेलाई चपाई खाने निर्दयी गोही पनि छन् ।

३.
तल झरुँ ताल गहिरो छ
माथि सरुँ खस्तै पहिरो छ
यस्तो जोखिममा परेको छ जिन्दगी
गुहार गरुँ समाज बहिरो छ ।

४.
जता दृष्टि दियो त्यतै समस्याका पोका छन्
निकास हुने ठाउँमा ताला लगाएका ढोका छन्
जति सुकै डकारे नि अघाएको छैन जस्ता
हाकिम साहेबहरू घुस र कमिसनका भोका छन् ।

५.
भ्रष्टाचारको धनले बनेका महलहरू धेरै छन् यहाँ
अबैध माल सामान भएका पसलहरू धेरै छन् यहाँ
इमानको शिर ठाडो छैन, नैतिक बलको अर्थ छैन
विना औकात माथि पुगेका सफलहरू धेरै छन् यहाँ ।

६.
चिकित्सक राजनीतिको दलदलमा फस्छन् कस्तो विडम्बना
शिक्षक नेताहरूको चाकरीमा बस्छन् कस्तो विडम्बना
यसरी पो यो धरातल पछाडि परेको रहेछ महाशय !
समाजसेवी दलहरूको खरानी घस्छन् कस्तो विडम्बना !!

७.
पिसिसकेपछि पिठो पिस्नुको के अर्थ
तला चढ्नु छैन भने लिस्नुको के अर्थ
जानेदेखि साग उच्च कोटिको बन्छ
तुच्छ ठानी नखानेलाई सिस्नुको के अर्थ ??

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
आधा दर्जन ठोक्तक

आधा दर्जन ठोक्तक

डा.घनश्याम परिश्रमी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चार ठाेकान

चार ठाेकान

रमेश समर्थन
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
बेलाको बोली-१६६

बेलाको बोली-१६६

डा. ऋषि बस्ताकाेटी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x