साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रभुसँग विन्ति

Nepal Telecom ad

ए महोदय, मलाई पनि सभासद् बनाई देऊ
अन्त कहीँ नपरे नि मनोनितमा एउटा सिट दिलाई देऊ

अरू जे जे भए पनि तिमीलाई प्रभु मानेकै छु
संविधान सभा भवनभित्र ब्रिफकेस फुटाउन जानेकै छु
ए महोदय, मलाई पनि चिल्लो कार चढ्ने बनाई देऊ
तिमी जस्तै कुर्सीका निम्ति लड्ने बनाई देऊ ।

झुक्किएर मन्त्री भए विदेश जान पाउने थिएँ
तिमी नै ब्रह्मा तिमी नै विष्णु तिम्रै कीर्तन गराउने थिएँ
ए महोदय मलाई पनि झुटो बोल्न सिकाई देऊ
जनता ढाँट्ने ताल्चा कस्तो खोल्न सिकाई देऊ ।

मन्छे कुट्न दुई चार जना लट्टेमुन्द्रे पालेकै छु
पहिले नजाने नि अहिले जनता छल्न थालेकै छु
ए महोदय मलाई पनि राज्यको कर चुस्न सिकाई देऊ
तलतिर बस्दिन म केन्द्रतिर घुस्न सिकाई देऊ ।

अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मुखौटा

मुखौटा

इन्द्रकुमार श्रेष्ठ ‘सरित’
सपनासिबाय

सपनासिबाय

डा. अमर गिरी
जुल्फी

जुल्फी

ईश्वर पाेखरेल
उत्खनन

उत्खनन

सरूभक्त
0
Would love your thoughts, please comment.x
()
x