सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

प्रभुसँग विन्ति

Nepal Telecom ad

ए महोदय, मलाई पनि सभासद् बनाई देऊ
अन्त कहीँ नपरे नि मनोनितमा एउटा सिट दिलाई देऊ

अरू जे जे भए पनि तिमीलाई प्रभु मानेकै छु
संविधान सभा भवनभित्र ब्रिफकेस फुटाउन जानेकै छु
ए महोदय, मलाई पनि चिल्लो कार चढ्ने बनाई देऊ
तिमी जस्तै कुर्सीका निम्ति लड्ने बनाई देऊ ।

झुक्किएर मन्त्री भए विदेश जान पाउने थिएँ
तिमी नै ब्रह्मा तिमी नै विष्णु तिम्रै कीर्तन गराउने थिएँ
ए महोदय मलाई पनि झुटो बोल्न सिकाई देऊ
जनता ढाँट्ने ताल्चा कस्तो खोल्न सिकाई देऊ ।

मन्छे कुट्न दुई चार जना लट्टेमुन्द्रे पालेकै छु
पहिले नजाने नि अहिले जनता छल्न थालेकै छु
ए महोदय मलाई पनि राज्यको कर चुस्न सिकाई देऊ
तलतिर बस्दिन म केन्द्रतिर घुस्न सिकाई देऊ ।

अर्घाखाँची

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
जिन्दगी

जिन्दगी

खगेन्द्र नेउपाने
आगो र पानी

आगो र पानी

देव भट्टराई (२)
के बेच्न बाँकी छ र !

के बेच्न बाँकी छ...

हरिप्रसाद रिमाल
धरोधर्म गर्छु (२३)

धरोधर्म गर्छु (२३)

डिल्लीप्रसाद मूलतिहुन
पानीमाथिका सपनाहरू

पानीमाथिका सपनाहरू

केशव ज्ञवाली ‘आगत’
बेताल छ

बेताल छ

प्रकाश अर्याल ख