सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

बच्चा ! तुम कमाओगे, तरक्की करोगे !

Nepal Telecom ad

हिजोअस्तिझैँ आज झमझम पानी परेको छैन । दिन राम्रो उघ्रेको छ । सडकमा हिजोअस्तिभन्दा अलि चहलपहल छ । फेरि दुकानमा खासै काम थिएन ।

दुकानमा एक ग्राहक भाइ थिए । उनी आप्mना साथीलाई पर्खेर बसिरहेका थिए । अर्का एक पत्रकार भाइ थिए । पत्रकार भाइसँग देशको समसामयिक विषयमा गफगाफ हुँदै थिए । एक त्रिकालदर्शी भोलेबाबा ‘जय भोलेनाथ’ भन्दै हामीछेउ आए । उनी पत्रकार भाइतिर हेरेर फट्फटाउन थाले– बच्चा ! तुम्हारा भाग्य अच्छा है । तुम्हारा मन शिसा जैसा सफा और पवित्र है । लेकिन तुम जो चाहते व नही होता । तुम जो नही चाहते व होता । तुम परिश्रम बहुत करते, फल नहीं मिलता । करता तुम, खाता दुसरा ।” बाबा हात उठाइउठाइ बरबराउन थाले । बाबाको भूत भविष्यको कुराले हामीलाई खासै प्रभाव पारेको थिएन । अघिदेखि हाम्रो कुरा सुनेर बसिरहेका ग्राहक भाइलाई के लागेछ कुन्नि उनी बाबा सामु आफ्नो हत्केला तेर्साउँदै भन्न थाले– “बाबा ! मेरो हात देखो तो, हात हेरेको कति पैसा लेगा ?”

“बच्चा ! पैसाका क्या बात है । पैसा तो हातका मैला है । आओ बच्चा हम तुमारा भूत, भविष्य, वर्तमान बतादेगें ।” बाबाले बन्दोबस्तसँग त्यो भाइको हात हेर्न थाले । त्यो भाइले सुरुमै आप्mनो शङ्का राख्दै भन्यो– “बाबा ! मेरो नाम चिरञ्जीवी है । हमरा नेपालको एक बडे नेताको नाम पनि चिरञ्जीवी है । ऊ अहिले भ्रष्टाचारको मुद्दामा जेल पर्ने पक्कापक्की भएगा है । संयोगले मेरो नाम पनि चिरञ्जीवी है । मलाई पनि कहीँ कतै यस्तै नराम्रो हुने त होइन ? बाबा मेरो यो नाममे केही दोष हे कि त्यही हेरिदिनुहोस् त !”

त्यो भाइको कुरा फुस्रेबाबाले कति बुझ्यो बुझेन थाहा भएन तर त्यो फुस्रेले जे भन्यो त्यो मननयोग्यचाहिँ पक्कै थियो । उसले भन्यो– “बच्चा ! तुम्हारा नाम चिरञ्जीवी जो है बहुत अच्छा नाम है । तुम्हारा पिताजी एक जागिरदार थे, बहुत पैसा कमाया । लेकिन सम्हाल नहीं पाया । जैसा आया वैसा गया । क्यौं कि उनोंने इमानका कमाई नहीं किया । कमाते बहुत थे । जैसा कमाते खातेखिलाते चलागया । तुम्हारा परदादा राणाओंका दरबारमे थे । बहुत प्रभाव था उनका । जमिन्दारी थे उनका, फिर भी बचा नहीं पाया । तुम्हारा हातका रेखा बताती है तुम भी बहुत कमाओगे । बहुत कमाओगे, जैसा तुम्हारा बाप, दादा परदादाआोने कमाया ।”

“लेकिन बाबा” भाइले शङ्का व्यक्त गर्दै भने– “त्यो हाम्रो नेताझैं पक्रियो भने ?”
“नहीं ! नहीं बच्चा !” आत्मविश्वास साथ बाबाले भने– “तुमको कोही नहीं पकडेगा । कोही कुछ नहीं बिगाडेगा । नेपालमे जो भ्रष्टाचार है, जो घूसखोरी है, वह खास् बडी बात नहीं है । ओ तो सदियौंसे क्या नेपाल ? क्या भारत ? दुनियाँभर चली आरही रीत है । नियम है । बच्चा, भ्रष्टाचार करनेवालाका नाम जैसा चिरञ्जीवी है वइसा हि दुनियाँमे होनेवाले और होता आरहा भ्रष्टाचार भी वइसा हि चिरञ्जीवी है । चीरकालसो चला आरहा है । कभि भी मिट्नेवाले नहीं है । इसिलिए बच्चा ! जो नेता पकडा गया उनका दिनदशा बिगडाहुवा था । उनका नाममे थोडा दोष था । उनका नाम चिरञ्जीवी तो थे लेकिन वह बहादुर नहीं था । अगर उनका चिरञ्जीवी नामके पिछे बहादुर, प्रसाद, गिरी, बर्मा जैसा कुछ होता तो नहीं पकडा जाता । क्यों कि नेपाल बहादुरोंका देश है । समझरहे हो ना तुम ? तुम्हारा नाम ‘चिरञ्जीवीबहादुर’ है । उसिलिए तुम्हारा कोही कुछ बिगाड्नेवाला नहीं होगा ।”

“अनि बाबा ! मेरो जागिर पछि गएर क्या होगा ? मलाई जागिर फापेगा ?” त्यो भाइले डराई–डराई सोधे ।
“बच्चा तुम्हारे लिइ जागिर बहुत अच्छा रहेगा । बहुत बडी जागिर मिलेगी । वह जागिर न्यायोंका क्षेत्रमे होगा । तुम बहुत तरक्की करोगे । लेकिन बच्चा ! पचास पचपन्न बरसके उमरमे तुम्हारे जागिरपर खतरा बनेगी लेकिन तुम्हे कुछ नहीं होगा । खतरे के बाबजुद भी तुम बहुत कमाओगे, होसक्ता है तुम्हारा जागिर चलाजाएगा । फिर भी तुम्हारा नेताआोका जैसा हालत और बदनाम नहीं होगा । तुम्हारा जागिर हि चलाजाएगा और कुछ नहीं । तुम्हे वही सम्मान मिलेगा, पेन्सन मिलेगा, आदर मिलेगा, सत्कार मिलेगा । सिर्फ जायगा तो तुम्हारा जागिर चलाजाएगा । तुम भ्रष्टाचार करके भी इमान्दार बनोगे । तुम बैमानी करके भी इमान्दार बनोगे । तुम अपमानित होकर भी मान पावगे क्योंकि इन्साफका तराजु तुम्हारा अपना होगा । बच्चा ! तुम कमाओगे । तरक्की करोगे ।”

बाबाको भविष्यवाणी सुनेर त्यो ग्राहक भाइ मख्ख प¥यो । खल्तीबाट पचासको नोट निकालेर एकपटक ढोगेर बाबाको हातमा राखिदियो । बाबाले ‘जयभोले’ भन्दै उसको शिरमा हात राखेर हामीतिर पुलुक्क हेरेर गयो । त्यो फुस्रेले त्यो भाइको मनमा भष्टाचार गरे पनि फलिफाप हुने सपना बेचेर गयो । यस्ता सपना बेच्ने हाम्रो समाजमा कति छन् कति तर कारबाहीको नाटक मञ्चन भर्खरभर्खर हुन लागिरहेको छ । अनैतिकता र भ्रष्टाचारको पहाडमा भर्खर किलो गाड्ने प्रयास भइरहेको छ । थाहा छैन त्यो किलोले भ्रष्टाचाररूपी पहाडको कत्रो चोइटो निकाल्न सक्ने हो !? या किलो ठोक्दाठोक्दै किलो नै हराउने हो ! जे गर्छन् भोलेनाथ भलो नै गर्छन् । जय भोलेनाथ !

पोखरा
‘फित्कौली’ अङ्क ३ बाट

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
मिस्टर मोमो

मिस्टर मोमो

विश्व शाक्य
महावाणी

महावाणी

विश्व शाक्य
श्री पशुमहापुराण

श्री पशुमहापुराण

विश्व शाक्य
अन्तिम संस्कार

अन्तिम संस्कार

याेगीश कृष्ण
रङ र छेपारा

रङ र छेपारा

कुमार खड्का
सीमा सङ्घर्ष

सीमा सङ्घर्ष

डा. विदुर चालिसे
पुजारी कि भुजारी ?

पुजारी कि भुजारी ?

गाेपेन्द्रप्रसाद रिजाल
लकडाउनपछि

लकडाउनपछि

कृष्ण प्रधान
अदृश्य भाइरस

अदृश्य भाइरस

मनीषकुमार शर्मा ‘समित’