साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सीमा सङ्घर्ष

खुकुरीमा भएको खिया र रातो रगत के हो ? चिनिँदैन थियो । तर कुखुरा भुत्लिरहेको थियो । कुखुरा पनि भुल्लिएर मिचिएको जमिनजस्तै तन्द्रङ्ग थियो । रसिलो स्वादमा सबै हाकिमहरूले घोषणा गरे ।

Nepal Telecom ad

डा. विदुर चालिसे :

बाबुबाजे सबै लडे । अर्थात् भुईंमा त्यसै पछारिए । लम्पसार परे । चुपचाप लागे । दुश्मनसँगको भिडन्त सकिएको थिएन । उनीहरू लडिरहे । उनीहरूले लडे, हारेर लडिरहे । जितेर पनि लडिरहे । लड्नु, लडिरहनु माटोको माया र जातिको नियति नै थियो । माटोलाई यसो हातमा लिएर सुँघेथे । तिनले थाहा पाइहाले ।

– “बलभद्रको उम्लिएको रगत, उफ् ! कति तातो ?”
अतिक्रमण चर्किरहेको थियो, सिमामा लङमार्च थियो । माटोको सुगन्धमा स्थानीयहरू छटपटाइरहेथे । लडिरहेका उनीहरूले बुझेनन् ।
– “उनीहरूको रगत कति चिसो !”

फेरि विवशता लडिरह्यो निरापराय भएर । बलमा मात्र लडिरहे । अझै पनि लडिरहन्छ माटोको लागि वीर बलभद्रजस्तै । यो विरासत र पहिचान, सङ्घर्ष बनिदिएको छ । अनि जम्काभेट भएको दुश्मनले चिया गफमा थर्थर काम्दै डराएर सोधेथ्यो ।

– “तिमीहरूसँग खुकुरी छ ?”

– “अहिले हाम्रो खुकुरी उलटफेर भएको छ । तिमीहरूसँग नि छ कि ?”
– “उलटफेर ?, खै बुझिन, भन्नु न, त्यो हाम्रो साबलाई गोप्य रिपोर्ट गर्नुपर्छ ।”
– “भन्न त भनिदिन्छु तर गोप्य है ?, बरू भने बापत कति आउँछ ?”
– “बुझे बुझे अँह, त्यही सत्ता उलटफेर भनेको होला हैन ? त्यो त थाहा छँदैछ नि !”

– “तपाईंलाई त हाम्रो सत्ताको उलटफेर मात्रै चिन्ता छ, क्या फसाद !”
– “भन्नु न त केको उलटफेर !”

– “अब हामी पनि निकै बाठो भइसक्यौँ है, लाटो नसम्झनु अब ! पहिला दाम अनि काम । उदारोको जमान सकियो, भाइसाब ?”

सीमानामा खटिएको र प्रमुखलाई लाग्यो- उनीहरूको खुकुरी त निकै तागतदार हतियार थियो । यस्तो हतियार उलटफेर भयो भने आणविक हतियारभन्दा खतरा हुनसक्छ भन्ने लाग्यो । त्यसपछि आफ्नो खसखस मेट्न उसले वीर बलभद्रको विरासतलाई फेरि सोध्यो ।

– “हत्तेरिका खुकुरीको उलटफेर के हो ? भन्नु न यार !”

निकै फकाएपछि विरासतलाई यिनीहरू भाउमा निकै कचकच गर्ने जात हुन् भन्ने लाग्यो । अति नै कचकचपछि उसले अड्किअड्की भन्यो ।

– “खुकुरीबाट ‘कुखुरी’ भएको छ, क्या !”

– “ह्या ! ‘कुखुरी’ त हामीकहाँ कति छ कति ! पहिले पहिले नेपालीहरू कति लाटा र मूर्ख हुन्थे । अहिले त कति बाठा । यहीँ रिपोर्ट साबलाई गरिदिन्छु ।

– “हाम्रो नि जीवन धान्नु परेन त ?”

– “ल ल भयो, तिम्रो पुरानो खिया लागेको ‘खुकुरी’ पनि झिक । मेरो यताको कुखुरी पनि झिक्छु । सँगै बसौँ । सँगै काटौँ । सँगै भोज खाउँ । एकछिन रमाऔँ ।

तब भर्खर सिमानाको महान सङ्घर्ष सकिएथ्यो । खुकुरीमा भएको खिया र रातो रगत के हो ? चिनिँदैन थियो । तर कुखुरा भुत्लिरहेको थियो । कुखुरा पनि भुल्लिएर मिचिएको जमिनजस्तै तन्द्रङ्ग थियो । रसिलो स्वादमा सबै हाकिमहरूले घोषणा गरे ।

– “लौ, अब सिमानाको सङ्घर्ष सकियो ।”

०००
आरुबारी, काठमाडौं
‘लघुकथालय’ (२०७९)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बाकाे लास

बाकाे लास

डा. विदुर चालिसे
शक्ति र सिध्दान्त

शक्ति र सिध्दान्त

डा. विदुर चालिसे
पुस्तक दाेकान

पुस्तक दाेकान

डा. विदुर चालिसे
मुक्तिको मार्ग

मुक्तिको मार्ग

डा. विदुर चालिसे
नेताकाे ग्याङ

नेताकाे ग्याङ

डा. विदुर चालिसे
फ्याङ्ले काेट

फ्याङ्ले काेट

डा. विदुर चालिसे
पाकेटमार

पाकेटमार

कृष्ण प्रधान
पर्यटकको परिहास

पर्यटकको परिहास

रामकुमार पाँडे
भू-शासन

भू-शासन

माधव पोखरेल गोज्याङ्ग्रे
आधुनिक सीता

आधुनिक सीता

रमेन्द्र काेइराला
जता मल्कु त्यतै ढल्कु

जता मल्कु त्यतै ढल्कु

रामप्रसाद अर्याल ‘अविराम’
फटा नीति सकियो

फटा नीति सकियो

वलदेव थापा
0
Would love your thoughts, please comment.x
()
x