साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भिडहरू !

भिडहरू जम्मा हुन्छन् तिनीहरु श्वास भएका त हुन्छन् तर वास्तवमा जिउँदो लास जस्ता हुन्छन् भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन ।

Nepal Telecom ad

महादीप पोखरेल :

भिडहरू जम्मा हुन्छन्
अरु सबैलाई गाली गर्छन्
आफ्नै मात्र बखान गर्छन्
भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन

भिडहरू जम्मा हुन्छन्
जहाँ देश जोगाउने कुरा हुँदैन
जहाँ आत्मसम्मानको चिन्ता हुँदैन
भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन

भिडहरू जम्मा हुन्छन्
आफ्नै मात्र जिन्दावाद भन्छन्
कुर्सीमा कसरी पुग्ने दाउपेच गर्छन्
भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन

भिडहरू जम्मा हुन्छन्
विदेशी हैकमको चिन्ता हुँदैन
देश भित्रै रोजगारीको फिक्री हुँदैन
भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन

भिडहरू जम्मा हुन्छन्
तिनीहरु श्वास भएका त हुन्छन्
तर वास्तवमा जिउँदो लास जस्ता हुन्छन्
भनिदेउ त्यस्तो भिडको कुनै अर्थ हुँदैन

भिडहरू जम्मा होउन्
न्याय र समानताको कुरा गरून्
राष्ट्रिय अस्मिताको रक्षा गरून्
भन्नू नै पर्दैन त्यस्तो भिडको बडो महत्त्व हुन्छ ।

०००
गोदावरी ११, ललितपुर ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गालीको वर्षात र देश बचाउने नौटंकी !

गालीको वर्षात र देश...

महादीप पाेखरेल
जुकाहरू !!!

जुकाहरू !!!

महादीप पाेखरेल
कर महिमा

कर महिमा

महादीप पाेखरेल
भ्रष्टाचार महिमा !!!

भ्रष्टाचार महिमा !!!

महादीप पाेखरेल
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
जिन्दगीको पिरलो

जिन्दगीको पिरलो

महादीप पाेखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x