साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जुकाहरू !!!

कुर्सीमा बसीबसी काम फत्ते गर्ने जुकाहरू रिमोट कन्ट्रोलबाटै परिचालन हुने जुकाहरू यिनै हुन् मान्छेको भेषमा आएका नयाँ प्रजातिका जुकाहरू हरेक ५ वर्षमा हाम्रो घरघरमा भोट माग्न आउँछन् जुकाहरू

Nepal Telecom ad

महादीप पोखरेल :

जुका- थरीथरीका जुकाहरू
कुनै साना जुका, कुनै ठुला जुका
कुनै काला जुका,कुनै खैरा जुका
अनि कुनै राता र पहेला जुकाहरू
कुनै पानी जुका, कुनै पेटमा पर्ने जुका
अर्काको रगत पिएर बाँच्ने परजीवी जुकाहरू
केही अल्छी, केही धेरै सक्रिय जुकाहरू
पहरामा टास्सिएर बसेका जुकाहरू
रुखका पात, बोक्रामा निदाएर बसेका जुकाहरू
जब कोही त्यही बाटो हुँदै आउँछन्
बिस्तारै तिनको ज्यानमा खसेर रगत चुस्ने जुकाहरू
जन्तुको पेट,आन्द्रामा पर्ने जुकाहरू
केही त रगतको नली हुँदै दिमागसम्म पुग्ने
रगत चुस्ने मात्र होइन, मान्छेलाई बौलाहासम्म बनाउंँछन जुकाहरू
बर्षातमा घाँस तिर र ढापमा पनि पाइन्छन जुकाहरू
ती चुसाहा जुकाहरू
शरीरको भित्रै बाट रगत तान्ने जुकाहरू
कहिले हराउने कहिले झ्याप्पै देखिने जुकाहरू
तर आजभोलि जुका विशेषज्ञहरू पनि हैरान रहेछन्
किनकि
धर्तीमा भेटिएको छ नयाँ प्रजातिका जुकाहरू
पहिलेका जुका भन्दा चुसाहा र निर्दयी जुकाहरू
मानिसको रगत खुब मन पराउने परजीवी जुकाहरू
नछोइकनै र थाहा नदिइकन मान्छेको रगत चुस्ने जुकाहरू
जमिनमा ढलेर नमर्दासम्म थाहै नदिने जुकाहरू
मानिसको रगत वेगले तान्दैछन यी जुकाहरू
हड्डी र नसाहरू क्रमशः खाली पार्दैछन् निर्दयी जुकाहरू
मान्छेको रगत मात्र होइन सिङ्गै देश, पनि चुसिरहेका छन् जुकाहरू
अनि क्रमशः पृथ्वीका प्राकृतिक श्रोतहरू पनि सिध्याउने छ यी जुकाहरू
कुर्सीमा बसीबसी काम फत्ते गर्ने जुकाहरू
रिमोट कन्ट्रोलबाटै परिचालन हुने जुकाहरू
यिनै हुन् मान्छेको भेषमा आएका नयाँ प्रजातिका जुकाहरू
हरेक ५ वर्षमा हाम्रो घरघरमा भोट माग्न आउँछन् जुकाहरू
आफ्नै रगत चुसाउन, देशको प्राण रित्याउन भोट दिन्छन मान्छेहरू
आफ्नो सम्पुर्ण पन सिध्याउँदै छन् मान्छेहरू
अहिले शहर, बजार, गाउँघर जताततै
सल्बलाइरहेका छन् नयाँ भेरियन्टका जुकाहरू
राता, पहेला, खैरा टाउके जुकाहरू !!!
कुर्सी र सत्ताका अति प्रिय जुकाहरू !!!

०००
गोदावरी, ललितपुर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गालीको वर्षात र देश बचाउने नौटंकी !

गालीको वर्षात र देश...

महादीप पाेखरेल
कर महिमा

कर महिमा

महादीप पाेखरेल
भ्रष्टाचार महिमा !!!

भ्रष्टाचार महिमा !!!

महादीप पाेखरेल
भाते सत्ता

भाते सत्ता

महादीप पाेखरेल
भिडहरू !

भिडहरू !

महादीप पाेखरेल
जिन्दगीको पिरलो

जिन्दगीको पिरलो

महादीप पाेखरेल
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x