साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पाँच ठोक्तक

वर्तमानकि कसैसित मौका पारी लस्किन्छु, बनावटी नै सही इत्रिन्छु अनि मस्किन्छु, मायालु भनेर मात्रै नहुने रहेछ, साथी हो, भूपू सम्झियो कि वर्तमानसित झस्किन्छु !

Nepal Telecom ad

नारायण नेपाल :

१.
नखर्माउलीको दशा तेल घस्छ !
बनी सर्प मानौँ कतै भित्र डस्छ !
त्यसै छक्क पर्ने अवस्था छ मेरो
चुमेको कहाँ हो कता डाम बस्छ !?

२.
हरियालीपूर्ण बारीछेउ गाईको गोठ कति राम्रो देखिने !
सभ्यताको आँगनमा तुलसीको मोठ कति राम्रो देखिने !!
आफ्नो नजर त्यस्तो हो वा नजारा कमाल परेर हो
फूलको बोट अनि मायालुको ओठ कति राम्रो देखिने !!?

३.
सुन्छु ऊ रोर्याइँ गरेकै भरमा मिठोमसिनो खान्छ !
बुझ्दैन अरे यहाँ धान्नेले घर-व्यवहार कसरी धान्छ !
दङ्ग्याएर बस्या खाइदेउलाई जागिर खोज्न भन्नुहुन्छ तपाईं,
सित्तैमा टन्न खान पाएपछि कोही किन काम गर्नजान्छ !?

४.
आफैँले आफूलाई ढाँटेर बस्नुको मजा बेग्लै हुन्छ अरे !
जथाभावी कुरा काटेर बस्नुको मजा बेग्लै हुन्छ अरे !
कतिपय कुरौटेहरू यो पनि भन्छन् कि, हजुर,
कुरैकुरा माया साटेर बस्नुको मजा बेग्लै हुन्छ अरे !

५.
वर्तमानकि कसैसित मौका पारी लस्किन्छु,
बनावटी नै सही इत्रिन्छु अनि मस्किन्छु,
मायालु भनेर मात्रै नहुने रहेछ, साथी हो,
भूपू सम्झियो कि वर्तमानसित झस्किन्छु !

०००
चतरा, सुनसरी
हालः बौद्ध – ६, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चार ठाेक्तक

चार ठाेक्तक

रुद्र ज्ञवाली
केही ठोक्तक

केही ठोक्तक

तेजविलास अधिकारी
तीन ठाेकान

तीन ठाेकान

अमर सन्तति
तीन ठोक्तक

तीन ठोक्तक

दिव्य गिरी
तीन ठाेक्तक

तीन ठाेक्तक

ज्ञानुवाकर पौडेल
बेलाको बोली- (१७१)

बेलाको बोली- (१७१)

डा. ऋषि बस्ताकाेटी
0
Would love your thoughts, please comment.x
()
x