साइबर अपराध सम्बन्धी सचेतना सामग्री

शब्दार्थ कविता

Nepal Telecom ad

अपराध— क्रान्तिकारीले भाले बन्नका लागि गर्ने शारीरिक अभ्यास ।
आन्दोलन— धन, जन र मनले पाखुरी बजार्नमा विरक्त लागेपछि कि त मुक्ति, कि त अपाङ्गताको योग्यता हासिल गर्न र वातावरणलाई कार्बनमय बनाउन नेपाली मात्रका लागि उपलब्ध आक्रोशमूलक शैक्षणिक अभ्यास ।
देशभक्ति— पातालेश्वरको सन्देश र दक्षिणेश्वरको कृपादेशअनुसार नेताहरूले जप गर्ने मन्त्र ।
नयाँ संविधान— नयाँ वीरबलहरूको नयाँ खिचडी ।
नेता— आचरण तथा नीतिनियमका मलामी ।
नेपाल— जस्तोसुकै कुरा हुँदा पनि उदेक मान्न नमिल्ने ठाउँ ।
न्याय— सोच वा चिन्तनको लोपोन्मुख र दुर्लभ प्रजाति ।
भ्रष्टाचार— सार्वजनिक पदमा रहँदा नगरी नहुने अनिवार्य सैनिक तालिमको एक प्रकार ।
मन्त्री— अगस्ती ऋषिका बहुअवतार ।
मानवअधिकार— मानिलिऊँ अर्थको धिक्कार शब्दका अगाडि लाग्ने उपसर्ग, जसको खोजीलाई प्रायः अपशकुन मानिन्छ ।
मूल्यबृद्धि— लोकतन्त्रमा विकास शब्दका सट्टामा आउने सर्वनाम ।
राजनीति— अपकार गर्न तालिमप्राप्तले गर्ने खेलो ।
राजनीतिक दल— सार्वजनिक शौचालयमा आउने गन्धका प्रकारहरू ।
लोकतन्त्र— सामाजिक परिपाटी, जुन पशुहरूका लागि मात्र उपयुक्त हुन्छ ।
व्यवस्थापिका— संसद्— आर्यघाटको दक्षिणमा पर्ने झोकसन्तप्त कण, वादी र बाबुहरूले भजन गर्ने र सभासाद्हरूले दिउँसै सपना देख्नका लागि लोलाउने र झकाउने ठाउँ ।
सञ्चारमाध्यम— फोहरको थुप्राहरूलाई पटकपटक सुन्दर देखाउने यन्त्र ।
सुशासन— भाषामा यस्तो शब्दको पनि निर्माण गर्न मिल्छ ।

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ठोक्तक कवित्त

ठोक्तक कवित्त

होम सुवेदी
सात फाँकी साइनो

सात फाँकी साइनो

डा. छायादत्त न्यौपाने ‘बगर’
बाउको बिँडो धान्ने रे

बाउको बिँडो धान्ने रे

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x