साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जिब्रो चलाएझैं हुन्न यहाँ

Nepal Telecom ad

तातो खाना बा–आमाले, पकाएझैं हुन्न यहाँ
अप्ठेरोमा छिमेकीले, सघाएझैं हुन्न यहाँ ।

फलैंचाको गुन्द्रीमाथि, पलेटीमा कस्सिएर
कुरुकुरु मकै भटाँस, चपाएझैं हुन्न यहाँ ।

बोटै मर्छ ओगमुनि, के फक्रलान् फूलहरू ?
कौशीमाथि गमलामा, सजाएझैं हुन्न यहाँ ।

उकुस् मुकुस् बाँच्नु पर्छ, पसिनाको अमिलोमा
कपडामा छुस्स अत्तर, लगाएझैं हुन्न यहाँ ।

तितो टर्रो यथार्थलाई, आँखा चिम्ली निल्नु पर्छ
फड्कारेर ट्वाक्क जिब्रो, चलाएझैं हुन्न यहाँ ।

नाङ्लेभारे– ५, काठमाडौं
हाल : युएइ, दुबई

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अर्कै अर्कै कुरा

अर्कै अर्कै कुरा

साधुराम कोमलनाथ रिमाल
लाशमा राजनीति भो !

लाशमा राजनीति भो !

काशीनाथ मिश्रित
खान्छ रे बाघ घाँस

खान्छ रे बाघ घाँस

पुरूषाेत्तम सिग्देल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
कुरै सकियो

कुरै सकियो

महेन्द्र उपाध्याय
के भयाे ?

के भयाे ?

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x