साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भत्केको घर र गल्लीहरू

Nepal Telecom ad

सलाईका बट्टा आकृतिका घरहरू
बाटो भनौदा गल्लीहरू
एक हात पनि छाड्न नसक्ने मानिसहरू
ठीकै गर्यो,
तिम्रो मिचाहा प्रवृतिलाई
एक हुल बुलडोजरहरूले ।

वनमा बाटो विस्तार गर्दा
काटिएर ढलेका रुख जस्तै थिए
घरका अवशेषहरू
बन्चरोको धारले चौटिएका
काठका टुक्रा जस्तै भएका थिए
नगरवासीका क्रुद्ध मनहरू
रुखको ढलाई सँगै छिमेकी रुखमा
बसाई सरेका चराहरू जस्तै थिए
घरबाहालकर्ताहरू,
कोही सिमलका रुखहरूमा
कोही सिसौका रुखहरूमा
अनि कोही झाडीहरूमा ।

भत्केका भित्ताहरूका पिलरमा
अडेस लागेर
उभिएका थिए रङ्गी विरङ्गी साईनबोर्डहरू
देखाउँदै थिए ठमेल, लैनचौर र दरबारमार्गहरू
सायद त्यो चौडा पारिएको सडकमा
अटेन होला साँघुरा पसलहरू ।

सौराहा, चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x