साइबर अपराध सम्बन्धी सचेतना सामग्री

म त बच्चै रहेछु

Nepal Telecom ad

आजभोलि त गाउँ परिवर्तन भएछ
म जस्ता सोझाको त दिनै गएछ ।

आफ्नै गाउँमा एउटी सानी नानीले
भनिन् ‘आइ लभ यु’
मैले पनि प्रतिउत्तर दिएँ ह्वाट वान्ट यु ?
त्यति प्रेमको अर्थ पनि
नबुझ्ने यथार्थमा म कच्चै रहेछु
उमेरले एकविस नाघे पनि
ओठ निचोर्दा दूध आउने बच्चै रहेछु ।

बाटोमा हिँड्दै थिएँ–
एउटी नानीले देब्रे आँखा पो मारिन्
मलाई त उनले अक्क न बक्क पो पारिन्
त्यति आँखाको इसारा नबुझ्ने
यथार्थमा म कच्चै रहेछु
सबैले झ्वाँक तन्नेरी भने पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।

तेत्तिस प्रतिसत अङ्ग नढाकेकी मैयाले भनिन्–
हेल्लो भाइ, मलाई माया नगर्ने ?
मेरो पनि मुख चलिहाल्यो–
तिमी जस्तीलाई माया गरेर
के म अल्पायुमै मर्ने ?
आजको यो फेसन नबुझ्ने
यथार्थमा म कच्चै रहेछु
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।

धनी बाउकी बिग्रेकी एउटी छोरीले भनिन्
म तिमी बिना जिउन सक्दिन
मैले पनि प्रतिउत्तर दिएँ–
तिमी जस्तीलाई आमाकी बुहारी बनाएर
म घर भित्र्याउन सक्दिन
त्यति समस्यासँग जुध्न नसक्ने
यथार्थमा कस्तो कच्चै रहेछु
तरूनीले आँखा कर्के पारे पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।

परेला सर्लक्कै खुर्केकी एउटी
अर्की नानीले भेट्न सङ्केत पो गरिन्
मैले टाइम मिल्दैन भन्न्भन्दै
मलाई नै भेट्न उनी बेँसी पो झरिन्
त्यति अरूलाई टाइम नदिने
यथार्थमा म कच्चै रहेछु
मुहारभरि डण्डीफोर आए पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।

अड्गुरी– ७, अर्घाखाँची

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जेन्जी सहिद र मेरो सोझो दिमाग

जेन्जी सहिद र मेरो...

नन्दलाल आचार्य
ढँटुवा बादल

ढँटुवा बादल

खगेन्द्र नेउपाने
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
0
Would love your thoughts, please comment.x
()
x