डा. बमबहादुर जितालीम त बच्चै रहेछु
आजभोलि त गाउँ परिवर्तन भएछ
म जस्ता सोझाको त दिनै गएछ ।
आफ्नै गाउँमा एउटी सानी नानीले
भनिन् ‘आइ लभ यु’
मैले पनि प्रतिउत्तर दिएँ ह्वाट वान्ट यु ?
त्यति प्रेमको अर्थ पनि
नबुझ्ने यथार्थमा म कच्चै रहेछु
उमेरले एकविस नाघे पनि
ओठ निचोर्दा दूध आउने बच्चै रहेछु ।
बाटोमा हिँड्दै थिएँ–
एउटी नानीले देब्रे आँखा पो मारिन्
मलाई त उनले अक्क न बक्क पो पारिन्
त्यति आँखाको इसारा नबुझ्ने
यथार्थमा म कच्चै रहेछु
सबैले झ्वाँक तन्नेरी भने पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।
तेत्तिस प्रतिसत अङ्ग नढाकेकी मैयाले भनिन्–
हेल्लो भाइ, मलाई माया नगर्ने ?
मेरो पनि मुख चलिहाल्यो–
तिमी जस्तीलाई माया गरेर
के म अल्पायुमै मर्ने ?
आजको यो फेसन नबुझ्ने
यथार्थमा म कच्चै रहेछु
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।
धनी बाउकी बिग्रेकी एउटी छोरीले भनिन्
म तिमी बिना जिउन सक्दिन
मैले पनि प्रतिउत्तर दिएँ–
तिमी जस्तीलाई आमाकी बुहारी बनाएर
म घर भित्र्याउन सक्दिन
त्यति समस्यासँग जुध्न नसक्ने
यथार्थमा कस्तो कच्चै रहेछु
तरूनीले आँखा कर्के पारे पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।
परेला सर्लक्कै खुर्केकी एउटी
अर्की नानीले भेट्न सङ्केत पो गरिन्
मैले टाइम मिल्दैन भन्न्भन्दै
मलाई नै भेट्न उनी बेँसी पो झरिन्
त्यति अरूलाई टाइम नदिने
यथार्थमा म कच्चै रहेछु
मुहारभरि डण्डीफोर आए पनि
ओठ निचोर्दा दूध आउने म बच्चै रहेछु ।
अड्गुरी– ७, अर्घाखाँची
Subscribe
Login
0 Comments
Oldest





































