साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मन्त्री हुन पाए

Nepal Telecom ad

हात हेराउँदा भनेको कुरा मन्त्रीमा नाउँ पर्छ कि हजुर
हात हेराउँदा ज्योतिषिले भनेकाथे दरो
मन्त्री हेरफेर भयो भने पक्का नाम तेरो
दौरा सुराल टोपी जुत्ता किनी ठिक्क पार्नू
डेराबाट छिट्टै मन्त्री क्वाटरतिर सर्नू
मन्त्री पक्का भैहाल्छु भनेर दौरा सुराल ल्याकोथेँ किनेर ।

यसपाली त मन्त्री बन्दा मेरो पनि नाउँ
पक्का पक्की आउँछ भनेँ मैले धेरै ठाउँ
मन्त्री भए खुसी हुन्थे सबै इष्टमित्र
जन्म लेको सार्थक बन्थ्यो मेरो जीवनभित्र ।
हिजोआज मन सारै रोको छ मन्त्री बन्ने असाध्यै धोको छ ।

घरमा पनि हिजोआज श्रीमतीको झर्को
मन्त्री बन्न पाएदेखि हट्थ्यो झर्को फर्को
घरबेटीलाई भाडा तिरी मन्त्री क्वाटर जान्थेँ
पजेरोमा सररर सुरक्षा गार्ड लान्थेँ ।
म पनि त पजेरो चढ्दथेँ सबले मलाई नमस्कार गर्दथे ।

मन्त्री क्वाटर परिवारको आफ्नै घर हुन्थ्योे
साह्रा दुःख बिर्सिएर खुसीले मन रुन्थ्यो
पाहुना सत्कार पत्रिका र पढाउने खर्च
धेरै बजेट सुविधा छ अरु के के पर्छ ।
सुविधाको के कुरा गरौं मन्त्री नभई म त्यसै नमरौं ।

नियमसँग हुने ठाउँमा दरो कुरा राख्थेँ
नियमले नहुनेमा गोप्य कोठा डाक्थेँ
मिलाई दिनुस सबैको छ भुँडी ठूलो सानो
पाएदेखि जानेकोथें मिलाएर खाने ।
गोप्य काम साँझ र बिहान मिलाएर घुमाउँथे कलम ।

देश कता पुर्याउने ठूलो चिन्ता लिन्थेँ
हाकिम फेर्न सकें भने कमिसन दिन्थें
गाउँबाट कार्यकर्ता मन्त्री भेट्न आउँथे
जागिर लगाई त्यताबाट धेरै पैसा पाउँथेँ ।
सभासद भइयो खरोखास कैले पुग्ला यो मन्त्री हुने आश ।

गुण्डालाई धेरै ठाउँको ठेक्का टेण्डर दिन्थेँ
त्यताबाट अलि बढी कमिसन लिन्थेँ
छोराछोरी पढ्न भनी विदेशतिर जान्थे
सरकारी ती कोटाबाट उतै बस्थे खान्थे ।
छोरोछोरी मायाको डोरीलाई विदेशतिर पठाउँथे बरिलाई ।

साथीभाइको जे परे नि मिलाई दिन्थेँ काम
फाइदै फाइदा जताततै दामसँगै नाम
श्रीमतीले पनि मलाई औधि माया गर्थिन्
कमिसन आउने खेलमा आफै लागि पर्थिन् ।
श्रीमती नि अगाडि सर्दथिन् कमिसनमा खुब लागि पर्दथिन् ।

स्वास्थ्य जाँच गराउन बिदेशतिर जान्थेँ
प्लेन चढी मोज गरी भत्ता पचाई आउँथेँ
एक दर्जन गाडीहरू मन्त्रालय तान्थेँ
दुईचार जना गुण्डाहरू पिए बनाई लान्थेँ ।
विदेशतिर घुमाउँथे यसरी मनको धोको पुर्याउँथे बेसरी ।

चालकलाई झिकाउँथे काजमा सारी सारी
भागबण्डा लगाई दिन्थेँ ती सरकारी गाडी
मामा, फुपू, साली, ज्वाईं, श्रीमती र छोरा
सरकारी तेल हालीकन नीजि काममा लेरा ।
आफन्तलाई खुसी नै पारेर गर्थें विकास अगाडि सारेर ।

पैसा झर्ने नाकातिर आफन्तलाई राख्थेँ
विरोध गर्ने जोसुकैलाई दुर्गमतिर जाक्थेँ
म पनि त मान्छे नै हुँ कमलो छ मन
दुई चार पुस्ता पुग्ने गरी कमाउनेथेँ धन ।
यति गर्न सकिछु भने मन्त्री सफल भएको ठान्नेथेँ ।

मन्त्री पद छोडेपछि शहर बजारतिर
घर घडेरी किन्ने थिएँ हट्ने थियो पीर
मलाई मन्त्री बनाउन पहल गर काली
तिम्रो ईच्छा पुर्याउँछु सुन यसपाली ।
घुम्न लान्थेँ हितैकी काली मन्त्री हुन पाएमा यसपाली ।

सुन्दरवस्ती, भङ्गाल, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x