साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सबै प्रश्नको जवाफ मसँग छैन

Nepal Telecom ad

अकस्मात् भयो यस्तो
अकस्मात्
मैले आफैंसँग
धेरै प्रश्न गरेँ.
अहिल्यै जवाफ दिनु छ मैले
राष्ट्र, राष्ट्रियता, राजमुकुटबारे ।

यस्तो कहिल्यै भएको थिएन
मुकदर्शक भएर
रमिता हेरेको, सुनेको
धेरै पो भइसकेछ
आफैंले आफैंलाई चिमोटेर
मैले जवाफ खोज्नु छ
आफैंभित्र
अथवा टक्टक्याएर कुनै शब्दकोश ।

म आफैं प्रश्न भएर उभिएको छु
म नेपाली हुँ, होइन
एकछिन गमेँ, सोचेँ
र प्रश्नको उत्तर खोजेँ आफैंभित्र
हो, म नेपाली हुँ भनुँ भने
फेरि मलाई रैती बन्न स्वीकार्य छैन
होइन, म नेपाली होइन भनुँ भने
आजसम्म डिभी–चिट्ठा परेकै छैन ।

राष्ट्र नै प्रश्न भएर उभिएपछि
आफैंसँग सोधेँ
राष्ट्रियताको अर्थ
शब्दकोशको पाना पल्टाएँ
खोजेँ, हेरेँ
मैले राष्ट्रियता बुझेको छु भनुँ भने
गोरखापत्र पढेकै छैन
होइन, राष्ट्रियता बुझेकै छैन भनुँ भने
विदेशी मानार्थ नागरिकता पनि मसँग छैन ।

म आफैं भ्रमित छु
अरुहरू झैं
मेरो हृदयमा राजमुकुट चाहि“ छ–छैन
यसो छामेँ, गमेँ, सोचेँ
झट्ट जवाफ दिन डर लाग्यो
हा… लज्जा, मुकुट त उतै छुटेछ
उतै राजदरबारमै
हृदयमै नअटाउने मान्छेको मुकुट
मसँग पो कहा“ हुन्थ्यो र †

यसरी अकस्मात्
आफैंले आफैंसँग सोधिएको प्रश्नको
आफैंले जवाफ दिन सकिनँ
के तपाईंसँग छ यसको उत्तर ?

शेरा, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x