साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वार्थी भए सत्ताधारी

Nepal Telecom ad

स्वतन्त्रता, समानता र भाइचारा छैनन् अब
सम्मानले पूज्नलायक ध्रुवतारा छैनन् अब

सतसङ्गले डाँडो काट्यो पापाचार भो जताततै
हेला भए सन्त बाणी अमृत धारा छैनन् अब

स्वार्थी भए सत्ताधारी लोभ लालच बढ्यो धेरै
नेता चड्छन आफ्नै गाडी सर्वहारा छैनन् अब

ममताको धज्जी उड्यो कर्तव्यलाई कुल्चिनाले
माता रुन्छिन आँसु झार्दै दुधको भारा छैनन् अब

उत्ताउला र छाडा तस्वीर टाँस्न थाले भित्ताभरि
ज्ञान बुद्धि भरिएका मिठा नारा छैनन् अब

सुधार गरौँ विसङ्गति लेख्ने कोशिस हुन्छ मेरो
कसैले नि नठान्नुस् है ‘कोमल’ प्यारा छैनन् अब

पुरानो नैकाप, काठमाडौं
हाल : न्युयोर्क, अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
धान्न सकिएन

धान्न सकिएन

काशीनाथ मिश्रित
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x