साइबर अपराध सम्बन्धी सचेतना सामग्री

विकल्प

Nepal Telecom ad

आदिम सांस्कृतिक बिम्ब सासूदेखि त्रसित
नन्द र आमाजू नामका प्रतीकहरूबाट ग्रसित
मेरी उनी
सारै गुनी
आफ्नै हिर्दय बाटिकाका फूलहरूको वियोगले गलेकी
सफल माली
फूलैफूलको डाली
कर्तव्यपरायण
नियमिततामा अभ्यस्त
कर्मयोगी
उमेर खर्चिएर खल्ती रित्तै हुन् लागेको जिन्दगी धान्दै
यही नालायक सहयात्रीलाई सबै थोक मान्दै
थुचुक्क भुइँमा बसेर
आँखाबाट मेरो हिर्दयमा पसेर
एउटा माग फारम भर्दै
मौन भाषामा
भन्छिन्,
‘बूढा, आनन्दसित बस्न पाइएन’
अनुहार अवलोकन गर्दछु
धपक्क बल्ने गथ्र्यो
आज
लोडसेडिङको रात जस्तो भएको छ
कपाल लामा र काला थिए
चाँदी टल्किन थालेछन्
गालामा
चाउरिका धर्साहरू पल्किन थालेछन्
बैंस र उमेर ढल्किन थालेछन्
उनको जिन्दगीमा कुनै शनिबार छैन
राहतको ठाउँमा आहत नियति भो
तै पनि
मेरै प्रेमगीत गाइन्
उनलाई हेरें
आफैलाई छामें
जिन्दगी
मेचीबाट बस चढेर
महाकाली पुग्न लागेछ
भित्र भित्र बेदनाको पहाड बोकेर
गणितका तमाम सूत्रहरू घोकेर
एउटा जिन्दगीलाई
खरीको धुलो बनाएर उडाएँ
उनी आनन्दसित बस्न पाइनन्

शान्तिसित
प्रत्यक टेलिफोनको घन्टीले
अमुक साहुको अनुहार सम्झाउँछ
बाटोमा कोही मान्छे देख्दा झस्किन्छु
किताबका सबै हिसाब मिले
जिन्दगीको हिसाब पटक्कै मिल्दैन
विकल्पमाथि विकल्पको कल्पना गर्दछु
अचानक ! युरेका !!!!!
झिल्का उत्पन्न हुन्छ
प्रत्युत्पन्नमति काम लाग्छ
पियारीलाई
मायालु नजरले हेर्दै भन्छु–
“प्रिया, तिम्रो नाम शान्ति
मेरो नाम– आनन्द”
उनी
पर्यटकले हिमाल हेरेझै
मलाई हेरिरहन्छिन्
म टक्क अडिन्छु, धौलागिरि बनेर !

चितवन

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बुढेसकालमा बुढोले थपे बिछ्याउना

बुढेसकालमा बुढोले थपे बिछ्याउना

रणबहादुर बुढाथोकी ‘भैया’
‘नेतारोग’ लागेको मान्छे !

‘नेतारोग’ लागेको मान्छे !

राजेन्द्र तारकिणी
मोबाइल

मोबाइल

उत्तम विचार
भाषा कविता

भाषा कविता

खगेन्द्र नेउपाने
बादल र मानिस

बादल र मानिस

लक्ष्मण नेवटिया
0
Would love your thoughts, please comment.x
()
x