साइबर अपराध सम्बन्धी सचेतना सामग्री

घरको आंधी

Nepal Telecom ad

उनी रिसाउंदा घरभित्र एउटा आंधी पस्छ
झ्याल(ढोका, थाल र रिकापीहरू
मस्तिष्क चर्कने गरी बज्छन् ।
सारीको सप्को उनको पटुकीभित्र खांदिन्छ
चुल्ठो फुक्छ असरल्ल
तुफान उठ्ताको कालो बादलजस्तो ।
हठात् गति बढ्छ हिंडाइमा उनको
क्रोध उनको अनुहारमा गुरांसको खेती गरेर बस्छ ।
घामका किरणहरू घरका भित्ताहरूमा ओइलाएर र्झछन्
आंखाबाट मोती झारिरहेका कलिला नानीहरू
दोस्रो काखतिर बसाई र्सछन् ।
मेरो छातीमै मुख लुकाएर बसेका नानीहरू बोकेर
कैले त म पनि आमा हुन्छु ।
केहीबेर अंगेनामा चिसो उग्राएर बस्छ
केहीबेर पूजाकोठामा लयहीन घण्टी बज्छ ।
समय एकछिन घरभित्र विप्लव उफारेर मजा लिन्छ
तर एकैछिन हो,
आँधी घर हल्लाएर गइसकेको हुन्छ
हेर्नु, अझै उनको अधरबाट जून खसेको हुंदैन ।

विराटनगर

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बोक्सीका ताजा बात- ९

बोक्सीका ताजा बात- ९

गायत्री परिरोशनी
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
माटोबाट पलाएर माटोमै

माटोबाट पलाएर माटोमै

अनिता काेइराला
बिचरा झोलेहरु

बिचरा झोलेहरु

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x