साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कागजको टपरीमा सिदा

Nepal Telecom ad

हिन्दु धर्मशास्त्र अनुरूप धार्मिक कार्य गर्न तथा दानदातव्यादि गर्न आवश्यक पर्ने सामग्री तथा नैवेद्यादि राख्न प्रयोग हुने सालको पात वा भोर्लाको थाललाई टपरी भनिन्छ भने टपरीमा विधिपूर्वकका सामान राखेर पुरोहितलाई दिइने चिजलाई सिदा ।
तर, आजकाल पहिलाको जस्तो पातको टपरी पाउन कठिन पर्दछ । त्यसैले आजकाल नयाँखाले टपरी पाउन थालिएको छ, कागजको । त्यस्तै पहिलाको जस्तो पुरोहित पाउन पनि सकिँदैन । थरिथरिका शिरपोसमा सजिएका शिल्पकार नक्कली पुरोहितहरूको जगजगी रहेको छ आजभोलि । यिनीहरू कतैबाट सिदा लिनु प¥यो भने आफै साइज साइजका र थरिथरिको कागजको टपरी बनाएर जजमान कहाँ पठाउने गर्दछन् । टपरी प्राप्त हुनासाथ जजमानहरू पनि थपक्क टपरीमा सिदा हालेर खुरुक्क घरमै पु¥याउन ल्याएका छन् ।

कागजको टपरीमा स्वादस्वादका सिदा । घरको मूलढोकाबाट स्वात्त भित्र छिर्नासाथ तल्कालै स्वस्ति वाचन गरी सिदा हजम गर्न पुरोहितहरू खप्पिस भैसकेका छन् र यसो गर्न आफूहरू स्वतन्त्र भएको ठान्दछन् । टपरी प्लाष्टिक लेमिनेसन गरेको प¥यो भने राखेको सिदा परै झ्वाम पार्न सकिने । तर, कागज शोषणी प¥यो भने चाहिँ टपरीले नै आधा रस चुसिदिने हुनाले कागजको छनौट गर्न पुरोहितहरू शिल्पी हुन्छन् । यिनिहरू सिदा लिँदा तराईतिरका हट्वेलले सामान लिँदा जोखेर लिएकोझैँ गरी जोखेरै लिन्छन् । पुरोहितले यसरी सिदा लिएको देख्ने छिमेकीहरू भने अपील गर्ने ठाउँ नभेटाएर मन कँुडाएर तुना चुँडाएर बस्ने गर्दछन् । यिनलाई विधिविधानको कुनै ज्ञान नभए पनि हुन्छ । विविध खाले धुनमा बिन बजाउन खप्पिस हुने हुनाले कुनै समस्या पर्र्दैन । बरु, बिनको धुन सुनेर कदाचित छिमेकीले नजर लगाए भने सिदाको टपरीबाट यसो एउटा गुलियो निकालेर चटक्क चटायो छिमेकी मख्ख ।

ठूलोठूलो कर्मकाण्ड होस् बजा सानो स्वस्तिशान्ति गर्दा होस् सिदा लिनेको लागि त आजकाल कागजकै टपरीको प्रचलन व्यापक भएको छ । पातको दुना टपरी त अब मसिना गाउँबस्तीतिर मात्र प्रचलनमा छ भन्ने सुनिन थालेको छ । तर, त्यस्ता गाउँबस्तितिर पनि कागजको टपरीको भजन गाउने भजनकीर्तने पुरोहितहरू फाटफुट देखिन थालेका छन् रे । जय होस् कागजको टपरीको ।

गल्कोपाखा, काठमाडौँ 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
बेहालको जात्रैमात्र

बेहालको जात्रैमात्र

अशोककुमार शिवा
काँध धेरै थाकिसक्यो

काँध धेरै थाकिसक्यो

अशोककुमार शिवा
फल थाम्न नसक्ने फेद के काम ?

फल थाम्न नसक्ने फेद...

अशोककुमार शिवा
बुढ्यौलीको ढोका

बुढ्यौलीको ढोका

अशोककुमार शिवा
बठ्याईं

बठ्याईं

अशोककुमार शिवा
0
Would love your thoughts, please comment.x
()
x